citizens life insurance long ad
stcnepal long ad

गुडविल फाइनान्सको खुद नाफा ४६.०३प्रतिशतले घट्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु अर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा गुडविल फाइनान्सको खुद नाफा घटेको छ । यसअवधिसम्म आइपुग्दा फाइनान्सको खुद नाफा ४६.०३प्रतिशतले घटेर ३ करोड ८४ लाख २३ हजार रुपैयाँमा सीमिभत भएको छ ।

अघिल्लो  वर्षको  यसैअवधिमा यसले ७ करोड ११ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालना नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

गत वर्ष १ करोड ७३ लाख ८४ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ४ करोड ७० लाख ७० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ४४.३६ प्रतिशतले घटेर ५ करोड ४६ लाख ६१ हजार रुपैयाँ सीमित भएको छ ।

यता, खुद ब्याज आम्दानी भने ५.०२ प्रतिशतले बढेर १५ करोड २ लाख ७२ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ २४ पैसा छ ।

IME Life
kumari