citizens life insurance long ad
stcnepal long ad

एक सातादेखि बन्द रहेको सेयर कारोबार आज कात्तिक १४ गतेबाट खुला हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एक सातादेखि बन्द रहेको सेयर कारोबार आज सोमबार कात्तिक १४ गतेबाट खुला हुने भएको छ । तिहार तथा छठको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले गत कात्तिक ७ गतेदेखि सेयर बजार बन्द थियो ।

कात्तिक ६ गते अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार पुनः सुरु हुनेछ । तिहार पनि सकिएको छ ।

कम्पनीहरुले धमधम लाभांश घोषणा गर्न थालेका छन् । प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ । यस्तो अवस्थामा अब सेयर बजार कता जाला भन्ने सर्वत्र चासो रहेको छ ।

तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो । भाउहरु निकै तल्लो  विन्दुमा  आएकाले अब बजारले विस्तारै सकारात्मक गति समाउने धेरैको अपेक्षा रहेको छ ।

IME Life
kumari