prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

जेठ ६ गतेदेखि नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्ने

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं ।  जेठ ६ गतेदेखि नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसले १ः०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

फाइनान्सले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, वैशाख १९ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । वैशाख २० गते सरकारले इदको सार्वजनिक विदा दिएको थियो ।

कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ ।

कम्पनीको हकप्रद सेयरमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा प्रभु क्यापिटल तथा नेपाल फाइनान्सको केन्द्रीय तथा शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

२५ वैशाख २०७९, आइतवार ०७:४५ बजे प्रकाशित

NTA long ad
stcnepal long ad