stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

समृद्धि फाइनान्समा खाता खोल्दा सिमकार्ड सित्तैमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । सिमसँगै ५० रुपैयाँको व्यालेन्स सहित आकर्षक स्किम ल्याएको छ ।

फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को व्यालेन्स सित्तैमा पाउनेछन । नयाँ ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याइएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाए ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम ११ प्रतिशत सहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

prabhu mahalaxmi
kumari