लगानी साक्षरता बुटक्याम्प
काठमाडौ. । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले आफ्ना कर्पोरेट साझेदारहरूसँगको शहकार्यमा ६ मार्च देखि ११ मार्च २०२२ सम्म लगानी साक्षरता बुटक्याम्प सफलतापूर्वक सम्पन्न भएको छ ।।
यो बुटक्याम्प को सम्पूर्ण सत्र पूरा गरेका सवैको लागि निःशुल्क प्रमाणपत्रको ब्यवस्था गरिएको थियो। बुटक्याम्प ६ दिनसम्म चलेको थियो जसमा शहभागीहरूलाई नेपालको शेयर वजारमा आफ्नो लगानी कसरी तत्काल शुरू गर्न सक्नुहुन्छ भन्ने बारे जान्न आवश्यक पर्ने आधारभूत कुराहरूको जानकारी दिइएको थियो। बुटक्याम्पमा शेयर बजारमा आफ्नो यात्रा सुरु गर्ने योजनामा रहेकाहरूको लागि विशेष रूपमा प्रस्तुत गरिएको थियो।
साक्षरता बुटक्याम्पको अवधिभर मल्पीसँग NIBL ACE क्यापिटल लिमिटेड, Online Securities Pvt. Ltd. का विशेषज्ञहरू थिए। यस बुटक्याम्पमा यस क्षेत्रका विशेषज्ञहरु एसएमटिएम क्यापिटल र दिलिप कुमार मुन्नाकर्मी जस्ता ब्यक्तित्व मार्फत सबैलाई बहुमूल्य जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले धेरै प्रश्नहरू पनि सोधे र सबैको शंका हटाउन तथा सहभागीको जिज्ञासा मेटाउन विशेषज्ञहरूले आफ्नो विचारहरू ब्यक्त गरे। यस सत्र मल्पीको फेसबुक पेजमा पनि लाइभ गरिएको थियो र प्रस्तुति सहित सत्रको सबै रेकर्डिङहरू एनसेल पाठशाला वेबसाइट मार्फत हेर्न सकिन्छ।
























