stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रोग्रेशिभ फाइनान्सको तीनकुनेमा नयाँ शाखा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले काठमाडौं । महानगरपालिका वडा नं – ३२ तीनकुनेमा रहेको एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयका रुपमा परिणत गरी आजबाट कारोबार सुरूवात गरेको छ।

यस वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि १६ वटा शाखा कार्यालयहरु तथा ५ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन्। यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिनेछ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले विस्तारित गरिएको तिनकुने नयाँ शाखाबाट काठमाण्डौ महानगरमा बसोबास गर्ने सर्वसाधारणहरुको घरदैलोमा नै पुग्ने गरी आधुनिक प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन।

एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, सी आस्वा लगायत आधुनिक प्रविधिमा आधारित सबै प्रकारका डिजिटल बैंकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ।
यस फाइनान्सले आगामी दिनहरुमा देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रहरुमा थप शाखाहरु स्थापना गरी वित्तीय सेवा प्रवाहलाई विस्तार गर्ने योजना बनाएको जनाएको छ।

prabhu mahalaxmi
kumari