stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआईबिएल म्युचुअल फन्डका चार योजना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित चार वटा योजनाको असोज महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ।

कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेका एनआईबिएल समृद्धि फन्ड १, समृद्धि फन्ड २, प्रगति फन्ड, र सहभागिता फन्डको वित्तीय विवरण सार्वजनिक गरिएको छ।

असोजमा समृद्धि फन्ड १ को प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर १२.६२ रुपैयाँमा झरेको छ। भदौमा न्याभ १२.६४ रुपैयाँ रहेको थियो। असोजसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर २८ करोड २० लाख रुपैयाँमा सीमित बनेको छ। भदौसम्म सूचीकृत सेयरमा ४९ करोड ८५ लाख रुपैयाँ लगानी थियो।

यसैगरी असोजसम्म ऋणपत्र तथा बन्डमा १० करोड ४५ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले १० करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ।

यो योजनामा कुल लगानी असोजसम्म १ अर्ब ३ करोड रुपैयाँ बढी रहेको छ। भदौसम्म कुल लगानी १ अर्ब २० करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा यस योजनाको कुल आय १ करोड २१ लाख रुपैयाँ रहेको छ। भदौमा कुल आय १ करोड ३८ लाख रुपैयाँ रहेको थियो।

यस्तै असोजमा समृद्धि फन्ड २ को न्याभ पनि घटेर ९.८० रुपैयाँमा झरेको छ। भदौमा न्याभ ९.८८ रुपैयाँ रहेको थियो।

असोजसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ७० करोड ६३ लाख रुपैयाँमा सीमित बनेको छ। भदौसम्म सूचीकृत सेयरमा ७५ करोड ५ लाख रुपैयाँ लगानी थियो।

यसैगरी असोजसम्म ऋणपत्र तथा बन्डमा ८ करोड ३५ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले १५ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ।

यो योजना कुल लगानी असोजसम्म १ अर्ब १६ करोड रुपैयाँ बढी रहेको छ। भदौसम्म कुल लगानी १ अर्ब २० करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा यस योजनाको कुल व्याय २ करोड ८७ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्याय १ करोड ७४ लाख रुपैयाँ रहेको थियो।

असोजमा प्रगति फन्डको न्याभ पनि घटेर १२.७० रुपैयाँमा झरेको छ। भदौमा न्याभ १२.९८ रुपैयाँ रहेको थियो। असोजसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ५९ करोड २७ लाख रुपैयाँमा सीमित बनेको छ। भदौसम्म सूचीकृत सेयरमा ७९ करोड २२ लाख रुपैयाँ लगानी थियो।

यसैगरी असोजसम्म सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले १३ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ। भदौ यस्तो लगानी १३ करोड ६३ लाख रुपैयाँ रहेको थियो। यो योजना कुल लगानी असोजसम्म ७३ करोड ५ लाख रुपैयाँ बढी रहेको छ। भदौसम्म कुल लगानी ९२ करोड ८५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा यस योजनाको कुल व्याय ३ करोड ८९ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्याय १ करोड ७८ लाख रुपैयाँ रहेको थियो। असोजमा सहभागिता फन्डको न्याभ पनि घटेर १२.१५ रुपैयाँमा झरेको छ। भदौमा न्याभ १२.३५ रुपैयाँ रहेको थियो। असोजसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर १९ करोड ५५ लाख रुपैयाँमा सीमित बनेको छ। भदौसम्म सूचीकृत सेयरमा २२ करोड २ लाख रुपैयाँ लगानी थियो।

यसैगरी असोजसम्म ऋणपत्र तथा बन्डमा ३ करोड ९४ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले ५ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ।

यो योजना कुल लगानी असोजसम्म ३६ करोड २७ लाख रुपैयाँ बढी रहेको छ। भदौसम्म कुल लगानी ३८ करोड ६८ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा यस योजनाको कुल व्याय १ करोड ३३ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्याय ६२ लाख १७ हजार रुपैयाँ रहेको जनाइएको छ।

prabhu mahalaxmi
kumari