stcnepal long ad
global ime bank long

मञ्जुश्री फाईनान्सको चार शाखा कार्यालय विस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो चार शाखा कार्यालय विस्तार गरेको छ । फाइनान्सले बाह्रौं, तेह्रौं चौधौ र पन्ध्रौँ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम, र भैरहवाको कारोबार शुभारम्भ गरेको हो ।

मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र विरगञ्जमा ११ वटा शाखा रहेका थिए भने अव थप ४ सहित शाखा संख्या १५ रहनेछ ।

२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ८।९१ अर्व निक्षेप संकलन गरि ७।९५ अर्व कर्जा परिचालन गरेको छ ।

IME Lifesidebar
kumari