citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

असार २९ गतेबाट समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्दै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । समृद्धि फाइनान्सले असार २९ गते मंगलबारबाट संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामी बिक्री खुला भर्ने भएको छ । कम्पनीले यसअघि लिलामी बिक्री खुला गर्दा सबैमा आवेदन नपरेपछि पुनः बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा ल्याएको थियो । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनु पर्नेछ ।

लिलामी भर्ने अन्तिम म्याद साउन ५ गतेसम्म तोकिएको छ । यसमा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट नक्साल काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन सकिने छ ।

त्यसैगरी, बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी ज्योति विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

himalayan life insurance
igi long