Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सबै नेपालीलाई सन् २०२१ सम्म कोभिड खोप लगाउँछौंः प्रधानमन्त्री

civilbank long ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप निरन्तर ल्याएर जनतालाई सुरक्षित पार्न लागि परेको बताउनुभएको छ ।

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आज उद्घाटन गर्दै ओलीले २०२१ सम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने बताउनु भएको हो ।

भ्याक्सिन नपाएर मर्नपर्ने स्थिति अब नआउने उहाँले बताउनुभयो । विश्वबाट नै कोभिड नहटेसम्म सबैलाई सजगता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

यो सरकारले जनताको जीवन रक्षा नै पहिलो प्राथमिकतामा राखेर कोभिड नियन्त्रणमा लागेको ओलीले बताउनुभयो ।


२७ असार २०७८, आइतवार ०९:०५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad