Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

असार २७ गतेदेखि नेपाल फाइनान्स र ललितपुर फाइनान्सले  एकीकृत कारोबार सुरु गर्ने

civilbank long ad

काठमाडौं । असार २७ गतेदेखि नेपाल फाइनान्स र ललितपुर फाइनान्सले  एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई एक्विजिसन गरेर एकीकृत कारोबार सुरु गर्न लागेको हो । एक्वायर पश्चात नेपाल फाइनान्सको नामबाट सेयर कारोबार खोल्न लागिएको हो ।

जेठ २८ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते एक्विजिसन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो ।

नेपाल फाइनान्सले १ः१ सेयर स्वाप रेसियोमा ललितपुर फाइनान्सलाई प्राप्ति गरेको हो । एकीकृत कारोबार सञ्चालन गर्नको लागि दुवै फाइनान्स कम्पनीको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकाले असार २५ र २६ गते फाइनान्स कम्पनीको सेवा बन्द हुने जनाएको छ ।


२१ असार २०७८, सोमवार ०८:०९ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad