citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ भर्न ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मञ्जुश्री फाइनान्सले बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । अब यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले पहिलो चरणमा आज माघ २१ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।

तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि फागुन २ गतेसम्मका लागि आवेदन दिने समय थप गरेको हो । यता, कम्पनीले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ ।

मञ्जुश्रीले माघ १८ गतेदेखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको २ लाख इकाईको ५५ अर्थात १० हजार इकाई म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले १ लाख ९० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् ।

बाँकी ३ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ९.५% ब्याजदर पाइनेछ । कम्पनीले ८ बर्ष अवधिको ‘९.५ % मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ जारी गरेको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । यसमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।

himalayan life insurance
igi long