सेन्ट्रल फाईनान्स कम्पनीले १० प्रतिशत लाभांश दिने
काठमाडौं । सेन्ट्रल फाईनान्स कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको सञ्चालन मुनाफाबाट कूल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
फाइनान्स कम्पनीको हिजो बसेको सञ्चालक समितिको २९६ औ बैठकले आर्थिक वर्ष २०७६/०७७ मा आर्जित मुनाफाबाट कूल आठ करोड २३ लाख ३९ हजार ७८६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस र शेयर तीन प्रतिशत नगद लाभांश कर सहित प्रस्ताव गरिएको छ ।
सो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।
























