stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

असोज १० गते नेपाल फाइनान्सको स्थगित आठ वर्षको साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल फाइनान्स कम्पनीले आठ वर्षको (बिसौंदेखि सत्ताइसौं) वार्षिक साधारण सभा असोज १० गते हुने भएको छ । यसअघि कम्पनीले भदौं ११ गते गर्ने भएको उक्त सभा कोरोना भाइरस संक्रमण रोकथामको लागि निषेधज्ञा जारी भएकाले रोकिएको थियो ।

कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले साधारणसभा संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन २६ गते बन्द रहनेछ । साउन २५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

साधारण सभाको प्रस्तावमा २०७४ फागुन २९ गतेको विशेष साधारण सभाबाट पारित हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कायम चुक्तापूँजीको १ बराबर १ दशमलव ७५ ९१ः१।७५०को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।

साथै, यस फाइनन्सले अन्य कुनै बैंक तथा वित्तीय सस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।

आ.व. ०६८/६९ देखि ०७५/७६ का वासालत, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतको विस्तृत विवरणको छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ ।

आव २०७६/७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । साथै सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने रिक्त रहेको पदमा बाँकी कार्यकालको लागि गरिएको सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने रहेको छ ।

prabhu mahalaxmi
kumari