stcnepal long ad
ime life insurance
national life
global ime bank long

गोर्खाज फाइनान्सको नाफामा वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गोर्खाज फाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफामा आकर्षक वृद्धि भएको छ । यस अवधिमा खुद नाफा २ करोड ३० लाख ३२ हजार रुपैयाँले बढेर २ करोड ५३ लाख १७ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १ हजार ७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस फाइनान्सले २२ लाख ८५ हजार रुपैयाँमात्रै नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी ३२.७४% ले बढेर ३२ करोड ८१ लख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २४ करोड ७१ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, अघिल्लो वर्ष ७ करोड २९ लाख ४६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा भने ३ करोड ८१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ ।

असार मसान्तसम्म आइपुग्दा गोर्खाज फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ७९ करोड ८९ हजार रुपैयाँ छ ।

रिटेन्र्ड अर्निङ भने २२ करोड ७४ लाख ५८ हजार रुपैयाँ ऋणात्मक छ । यसअवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ४० पैसा छ ।

IME Lifesidebar
kumari