मञ्जुश्री फाइनान्सको सुपर सेफ लकर सुविधा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले मञ्जुश्री सुपर सेफ लकरको सुविधा ल्याएको छ । हाललाई यो सुविधा फाइनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ ।
साथै, ग्राहकहरुको सहजताका लागि मञ्जुश्रीले बिनाकुनै सेक्युरिटी डिपोजिट नै यो सेवा प्रदान गर्ने बताइएको छ ।
विभिन्न आकारमा उपलब्ध यी लकरहरु उच्च प्रविधियुक्त सुरक्षा प्रणाली, फायरप्रुफ र नियन्त्रित वातावरणमा रहेका छन् ।
हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.५ अर्ब कर्जा प्रवाह गरेको मञ्जुश्री फाइनान्सले २८ शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।
यस्तै, एक लाख ८५ हजार ग्राहकलाई सेवा दिँदै आइरहेको छ । यसअघि मञ्जुश्री फाइनान्सले मञ्जुश्री भर्चुअल कार्ड सेवा पनि उपलब्ध गराइसकेको छ ।





























