श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ६ हजार संस्थापक शेयर बिक्री

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले कुल ६ हजार कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । हाल फाइनान्सकै विद्यमान शेयरधनीले मात्रै यो शेयर किन्न पाउने छन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि संस्थाले जनाएको छ ।