stcnepal long ad
national life

मन्जुश्री फाइनान्सको नाफामा उल्लेख्य वृद्धि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मन्जुश्री फाइनान्सको नाफा उल्लेख्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा २८४.१०५ ले बढेर २८ करोड ९ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसको नाफा ७ करोड ३१ लाख ३२ हजार रुपैयाँ थियो । गैर सञ्चालन आम्दानीमा उल्लेख्य सुधार अएपछि खुद नाफा बढ्न सहयोग पुगेको हो । यता, खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले पनि नाफामा टेवा पुर्याएको देखिन्छ ।

असार मसान्तसम्ममा गैर सञ्चालन आम्दानी २० करोड ४२ लाख ७५ हजार रुपैयाँ रहेको छ । यता, कम्पनीको खुद ब्याज आम्दानी ६।०६५ ले बढेर ३८ करोड ५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले ३५ करोड ८७ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ८९।६५५ ले बढेर १९ करोड ७१ लाख ६९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १० करोड ३९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

नाफामा आएको उल्लेख्य सुधारले प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । असार मसान्तसम्ममा प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ३४ पैसा पुगेको छ ।

अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५२ पैसा थियो । प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४० पैसा छ । असार मसान्तसम्ममा कम्पनीको वितरण योग्य नाफा ११ करोड ९४ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

gold
kumari bank
kumari
nawakantipur long