stcnepal long ad
ime life insurance
global ime bank long

भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स बन्द

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवाप्रदायक (पीएसपी) को लाइसेन्स आइतबारबाट स्थगन गरेको छ ।

सैद्धान्तिक सहमति प्रदान गरिएका संस्थाबाहेक अरुलाई नयाँ अनुमतिपत्र प्रदान गर्ने काम रोकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै लाइसेन्समा रोक लगाउने बताएको थियो ।

मौद्रिक नीतिमा भएको ब्यवस्था अनुसार राष्ट्र बैंकले लाइसेन्स बन्द भएको बताएको हो ।

भुक्तानी तथा फस्र्योट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवाप्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाइने प्रावधान रहेको छ ।

 

prabhu mahalaxmi
kumari