sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

पोखरा फाइनान्स १० करोड ६४ लाख रुपैयाँ नोक्सानमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । पोखरा फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । यो त्रैमास सम्ममा कम्पनी १० करोड ६४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसले २ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पोखराको खुद ब्याज आम्दानी पनि ३५.७६ प्रतिशतले घटेर ३० करोड ८४ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यसले ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असारसम्ममा कम्पनी ३४ करोड ५९ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । अघिल्लो वर्ष फाइनान्सले ४ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि २३ करोड ५६ लाखबाट बढेर ४५ करोड २६ लाख रुपैयाँ भएको छ ।

खुद ब्याज घट्नु, सञ्चालन घाटामा रहनु तथा इम्पेयरमेन्ट चार्ज बढ्दा कम्पनी नोक्सानमा रहेको हो । यसको वितरणयोग्य नाफा ४६ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यता कम्पनीको खराब कर्जा पनि अत्याधिक बढेको छ । अघिल्लो वर्ष ५।३८ प्रतिशत रहेको यसको खराब कर्जा यो त्रैमासमा बढेर ९.७५ प्रतिशत भएको छ ।

फाइनान्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८३ पैसा (वार्षिक) ऋणात्मक रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २ रुपैयाँ २ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५ पैसा छ ।

gold
kumari bank
nawakantipur long