sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

बेष्ट फाइनान्सको ३.५६ लाख कित्ता शेयर भोलि देखि लिलामीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भोलि असार ४ गते देखि  बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अवितरित संस्थापक (हकप्रद) शेयर लिलामीमा ल्याउदैछ । । कम्पनीले तीन लाख ५६ हजार ७४.५७ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।

यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संस्थाहरूले खरिद गर्न पाउने छन् । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम एक हजार र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति असार ११ गते बैंकिङ्ग समयसम्म रहेको छ ।

आवेदन फाराम कम्पनीको केन्द्रीय कार्यालयका साथै कमलादी, मिलनचोक, अमरपथ, नेपालगंज, घोराही, इटहरी, नारायणगढ, वीरगंज र न्यूरोड शाखा र ग्लोबल आइएमई बैंकको विरेन्द्रनगर र धनगढी शाखा कार्यालयमा पेश गर्न सकिनेछ । शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

prabhu bank
nawakantipur long