stcnepal long ad
ime life insurance
national life
global ime bank long

बेष्ट फाइनान्सको ३.५६ लाख कित्ता शेयर भोलि देखि लिलामीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भोलि असार ४ गते देखि  बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अवितरित संस्थापक (हकप्रद) शेयर लिलामीमा ल्याउदैछ । । कम्पनीले तीन लाख ५६ हजार ७४.५७ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।

यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संस्थाहरूले खरिद गर्न पाउने छन् । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम एक हजार र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति असार ११ गते बैंकिङ्ग समयसम्म रहेको छ ।

आवेदन फाराम कम्पनीको केन्द्रीय कार्यालयका साथै कमलादी, मिलनचोक, अमरपथ, नेपालगंज, घोराही, इटहरी, नारायणगढ, वीरगंज र न्यूरोड शाखा र ग्लोबल आइएमई बैंकको विरेन्द्रनगर र धनगढी शाखा कार्यालयमा पेश गर्न सकिनेछ । शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

IME Lifesidebar
kumari