मेरो माइक्रोफाइनान्सको नाफा ह्वातै बढ्यो
काठमाडौं । मेरो माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ह्वातै बढेको छ ।
यसअवधिमा खुद नाफा ८४६.३० प्रतिशतले बढेर १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३० लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो । खराब कर्जा १.४९ प्रतिशत विन्दुले घटेको छ ।
गत वर्ष १३ करोड ४९ लाख ८० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज ३ करोड ८८ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ । यता, सञ्चालन नाफा ह्वातै बढेको छ भने खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भएको छ यसले पनि खुद नाफा बढ्न टेवा पुर्याएको हो ।
गत वर्ष १ करोड ३६ लाख ६७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष १७ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दनी ११ रुपैयाँ १९ पैसाले बढेर १२ रुपैयाँ ५१ पैसा पुगेको छ ।