macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मञ्जुश्री फाइनान्सको वार्षिक साधारण सभा पुस २५ गते

हकप्रद र अन्य कम्पनीमा लगानी मुख्य अजेन्डा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मञ्जुश्री फाइनान्सले १६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार (पुस २ गते) बसेको बैठकले वार्षिक साधारण सभा पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि हाल कायम चुक्तापुँजीको ५.२६३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

जसअनुसार चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको कुल ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गर्नेछ। साधारण सभाले पारित गरेपछि नगद लाभांश शेयरधनीहरुले पाउनेछन्।

himalayan life insurance
igi long
NTA long ad