citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

विकास बैंकहरूले चार महिनामा डेढ अर्ब खुद नाफा आर्जन गरे

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । विकास बैंकहरूले चार महिनामा डेढ अर्ब खुद नाफा आर्जन गरेका छन्। सञ्चालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकहरूले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ बढी खुद नाफा कमाएका हुन् ।

चालु आवको कात्तिक मसान्तसम्ममा आइपुग्दा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ। बैङ्कले चार महिनामा ३१ करोड ६० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ ।

दोस्रो सूचीमा भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छ। बैंकले चार महिनामा २५ करोड बढी खुद नाफा कमाएको छ। यस्तै, तेस्रो सूचीमा रहेको गरिमा विकास बैंकले २४ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, लुम्बिनी विकास बैंकले १८ करोड १० लाख, महालक्ष्मी विकास बैंकले १७ करोड १५ लाख, कामना सेवाले १७ करोड १० लाख, ज्योति विकास बैंकले ११ करोड २० लाख र सांग्रिला डेभलपमेन्ट बैंकले १० करोड २६ लाख रुपैयाँ नाफा कमाएका छन्।

himalayan life insurance
igi long