stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल फाइनान्सको सीईओमा पुनः उद्धबराज थपलिया

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ )मा पुनः उद्धबराज थपलिया नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले सीईओ थपलियाको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

मंसिर २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ थपलियालाई पुनः नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव विष्णुप्रसाद गौतमले जानकारी दिए ।

पाँचखाल नगरपालिका काभ्रे स्थायी घर भएका थपलियाले तत्कालिन किष्ट बैंक र प्रभु बैंकमा काम गरेका थिए । बैंकिङ्ग क्षेत्रमा २ दशक बढिको अनुभव भएका थपलियाले बेष्ट फाइनान्समा कामु सीईओ भएर काम गरेका थिए ।

बेष्ट फाइनान्स तत्कालिन जनरल फाइनान्सलाई जापान लगायतका एनआरएनहरुको समुहले खरिद गरी समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा फर्काउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरे पछि थपलिया जनरल फाइनान्समा वरिष्ठ व्यवस्थापकको रुपमा प्रवेश गरेका थिए ।

जनरल फाइनान्सको नाम परिवर्तन गरी वेष्ट फाइनान्सको नामबाट कारोवार गर्न, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा कम्पनीलाई फर्काउन र बेष्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई प्राप्ति गरी बेष्ट फाइनान्सको नामबाट कारोवार गर्न आवश्यक पर्ने कार्य गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

prabhu mahalaxmi
kumari