stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सीजीले जाडो मौसमलाई लक्षित गर्दै ल्यायो सीजी घरमा न्यानो मनमा योजना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै जाडोका नयाँ नयाँ सामग्री बजारमा ल्याएको छ ।

‘सीजी घरमा, न्यानो मनमा’ शीर्षकको स्मार्ट घरेलु उत्पादन इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हिटर, पीटीसी फ्यान हिटर, ओएफआर हिटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गिजर, ग्यास गिजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम फ्लास्क, पानीको बोतल। इन्सुलेटेड बोतल आदि नेपालभर उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त हुन सीजीले विभिन्न आकर्षक मोडलमा थप विशेषतासहित बजारमा ग्यास र इलेक्ट्रिक नयाँ गिजर ल्याएको कम्पनीले जनाएको छ ।

त्यस्तै हिटरमा पनि क्याटोगोरीमा जस्तै ओएफआर हिटर, पीटीसी प्यान हिटर, हेलोजिन हिटर, क्वाज्ज हिटर, कार्बन हिटर र प्यान हिटर छन् । केही समयमै पानी तताउन सीजीले विभिन्न मोडलमा इलेक्ट्रिक केटल, हट पट र वाटर बोइलर उपलब्ध गराएको जनाएको छ ।

त्यसैगरी तातो पानीलाई लामो समयसम्म तातोपन कायम राख्न भ्याकुम फ्लास्क, थर्मसहरु आकर्षक मोडल र डिजाइनमा उपलब्ध गराएको छ ।

प्रमुख आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

सीजी ब्राण्ड, देशकै नं १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेको आफ्नो बलियो बिक्री सञ्जालमार्फत उपभोक्तालाई सेवा दिँदै आएको जनाएको छ ।

prabhu mahalaxmi
kumari