citizens life insurance long ad
stcnepal long ad
national life

बेस्ट फाइनान्स १ करोड ९८ लाख २२ हजार रुपैयाँ घाटामा

Prabhu Insurance Long Ad

काठमाडौं । बेस्ट फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ९८ लाख २२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्षको यसै अवधिमा यसले ५९ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो । फाइनान्सको इम्पेयरमेन्ट चार्ज बढेको छ ।

साथै, सञ्चालन नाफा पनि ऋणात्मक देखिएको छ । जसले गर्दा यसले घाटा व्यहोरेको हो । गत वर्ष १ करोड ७९ लाख रहेको सञ्चालन नाफा अहिले घटेर २ करोड ८५ लाख रुपैयाँ ऋणात्मक भएको छ ।

यस फाइनान्स कम्पनीले ४ करोड १२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ । गत वर्षको यसैअवधिमा ३ करोड १४ लाख रुपैयाँ छुट्याएको थियो ।

असोजसम्म आइपुग्दा यस फाइनान्सले १५ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यसले १३ करोड ८२ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दनी गरेको थियो ।हाल यसको चुक्ता पुँजी ८५ करोड ४८ लाख १६ हजार रुपैयाँ रहेको छ ।

सेयर प्रिमियममा भने १ करोड ४९ लाख रुपैयाँ छ । रिटेन अर्निङ २६ करोड २१ लाख ८३ हजार रुपैयाँले ऋणात्मक रहेको यस फाइनान्सको जगेडा कोषमा भने ५४ करोड २१ लाख रुपैयाँ जम्मा रहेको छ ।

असोजसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २८ पैसा नोक्सानीमा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ५० पैसा रहेको छ ।

रिपोर्ट अनुसार यसको वितरणयोग्य नाफा २६ करोड २१ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । एनपीएल ४.४० प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ । यस फाइनान्सको कस्ट अफ फन्ड १०.६३ प्रतिशत रहेको छ ।

himalayan life insurance
igi long