citizens life insurance long ad
stcnepal long ad

मिस नेपाल नर्थ अमेरिका – २०२३ को ग्राण्ड फिनाले जुलाई २२ मा हुने

Nimb long ad
Prabhu Insurance Long Ad

न्यूयोर्क। डायस्पोराको प्रतिष्ठितमध्येको सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिका–२०२३ को ग्राण्ड फिनाले जुलाई २२ मा न्यूयोर्कको मेलरोज बलरुम हुने भएको छ।

‘अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ भन्ने मूल नारा दिइएको यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गरेको हो।

मिस नेपाल नर्थ अमेरिकाले नेपाली महिलाहरूलाई आफ्नो नेपाली भेष भुषा मौलिक कला संस्कृतिको साथै आफ्नो सामाजिक दायित्व साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडल बन्न उपयुक्त अवसर प्रदान गर्दै आएको छ।

प्रतियोगिताको अन्तिम चरणको प्रतिस्प्रधामा आयुष समाल, चाँदनी जोशी, इशा सुवेदी, गृष्मा गौतम, झरना लुइँटेल, जुब्ली शेर्पा, खुश्बु मण्डल, मणिकला गुरुङ, मेजिना महर्जन, रचना पोखरेल, रजिला बास्तोला, रीना श्रेष्ठ, सदीक्षा कार्की, संस्कृति लम्साल, सृष्टि राई, स्मृति श्रेष्ठ, स्नेहा वन र शुभेच्छा कार्की रहेका छन्।

फिनालेमा सहभागी हुन हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, मिस अर्थ २०२० सुप्रिया श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की, अभिनेत्री मिरुना मगर, मिस नेपाल वर्ल्ड–२०१० सदिक्षा श्रेष्ठ, मिस नेपाल वर्ल्ड–२०१५ इभाना मानन्धर, अभिनेता आयुष्मान जोशी, मोडल रेश्मा घिमिरे र मिस नेपाल अर्थ–२०२० सुप्रिया श्रेष्ठ लगायतको सहभागिता हुने ड्रिम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

मिस नेपाल नर्थ अमेरिकाको विजेताले मिस नेपालको फिनालेमा प्रतिस्पर्धाको मौका पाउने सम्झौता यसअघि नै हिडन ट्रेजर र ड्रिम्स युनिभर्सलबीच भइसकेको छ । यसैबीच, ड्रिम्स युनिभर्सल र चिल्ड्रेन अफ युनिभर्सले शिक्षा र स्वास्थ्यजस्ता सुविधाबाट बञ्चित नेपाली बालबालिकाको स्तर सुधार्न सहकार्य गर्ने घोषणा गरेका छन् ।

IME Life
kumari