sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल्स सिङ्गिग सुपरस्टारको फाइनल सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। गायन रियालिटी शो नेपाल्स सिङ्गिग सुपरस्टारको फाइनल सम्पन्न भएको छ । इमेज च्यानल र ओएसआर रियालिटीबाट प्रत्यक्ष प्रसारण गर्दै निक्कै भव्यताका साथ सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी हलेसी खोटाङ्गका राजेश राईले नेपालको पहिलो सिङ्गिग सुपरस्टारको उपाधि जितेका छन् ।

उपाधि संगै उनले बिस लाख नगद र एक तोला सुन जडित ट्रफि र म्यूजिक नेपालबाट गीत रेकर्डिङ्ग र सो गीतको म्यूजिक भिडियो निर्माण गर्ने अवसरका साथै ओएसआर डिजिटलले निर्माण गर्ने चलचित्रमा पाश्र्व गायनको अवसर समेत पाएका छन् ।

दोस्रो हुने दार्जिलिङ्गका नामग्याल लामाले ट्रफी, स्कुटर सहित म्यूजिक नेपालबाट गीत रेकर्डिङ्ग र सो गीतको म्यूजिक भिडियो निर्माण गर्ने अवसरका साथै ओएसआर डिजिटलले निर्माण गर्ने चलचित्रमा पाश्र्व गायनको अवसर समेत पाएका छन् भने तेस्रा हुने कचनकवल झापाका दिपक सापकोटा (भान्जा) ले ट्रफी सहित म्यूजिक नेपालबाट गीत रेकर्डिङ्ग र सो गीतको म्यूजिक भिडियो निर्माण गर्ने अवसरका साथै ओएसआर डिजिटलले निर्माण गर्ने चलचित्रमा पाश्र्व गायनको अवसर समेत पाएका छन् ।

गत असार १२ गते देखि प्रसारण आरम्भ भएको नेपाल्स सिङ्गिग सुपरस्टारमा जम्मा २६ प्रतियोगि थिए र अन्तिम एपिसोड अर्थात फाइनलमा आइपुुग्दा जम्मा छ जना टप सिक्स प्रतियोगी बाँकी रहेका थिए भने फाइनल एपिसोडमा प्रतिस्पर्धीको हौसला बढाउन वविन प्रधान, भीम तुलाधर र कविन्द्र श्रेष्ठ जस्ता चर्चित गायकहरु पनि उपस्थित भएका थिए ।

प्रायः विदेशी फ्रेन्चाइज लिएर रियालिटी शो गरिने परम्परालाई तोडदै भ्वाइस स्टार नेपाल प्रा। लि। ले आफ्नै अग्र्यानिक शो पस्केको थियो ।

नेपालको यो मौलिक गायन रियालिटी शोमा जजको रुपमा संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार थिए भने कार्यक्रम संचालक विवेक सिंह ठकुुरी, केन्जल मेहर श्रेष्ठ र निता ढुुङ्गान रहेका थिए । नेपाल सिङ्गिग सुपरस्टारको निर्देशन रवि श्रेष्ठले गरेका थिए ।

प्रायः विदेशी फ्रेन्चाइज लिएर रियालिटी शो गरिने परम्परालाई तोडदै भ्वाइस स्टार नेपाल प्रा। लि। ले पस्केको आफ्नै अग्र्यानिक शो नेपाल्स सिङ्गिग सुपरस्टारको फाइनल एपिसोड हिजो कार्तिक २७ गते एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

इमेज एचडि र ओएसआर रियालिटीबाट प्रत्यक्ष प्रसारण गरिएको नेपाल्स सिङ्गिग सुपरस्टारको जजको रुपमा संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहेका यस नेपाल्स सिङ्गिग सुपरस्टारको पहिलो एपिसोडमा जम्मा २६ प्रतियोगि थिए र अन्तिम एपिसोड अर्थात फाइनलमा आइपुुग्दा जम्मा छ जना टप सिक्स प्रतियोगी बाँकी रहेका थिए ।

हिजो सम्पन भएको फाइनलमा हलेसी खोटाङ्गका प्रतिस्पर्धी राजेश राईले नेपालको पहिलो सिङ्गिग सुपरस्टारको उपाधि जितेका छन् ।

उपाधि संगै उनले बिस लाख नगद र एक तोला सुन जडित ट्रफि र म्यूजिक नेपालबाट गीत रेकर्डिङ्ग र सो गीतको म्यूजिक भिडियो निर्माण गर्ने अवसरका साथै ओएसआर डिजिटलले निर्माण गर्ने चलचित्रमा पाश्र्व गायनको अवसर समेत पाएका छन् ।

दोस्रो हुने दार्जिलिङ्गका नामग्याल लामाले ट्रफी, स्कुटर सहित म्यूजिक नेपालबाट गीत रेकर्डिङ्ग र सो गीतको म्यूजिक भिडियो निर्माण गर्ने अवसरका साथै ओएसआर डिजिटलले निर्माण गर्ने चलचित्रमा पाश्र्व गायनको अवसर समेत पाएका छन् भने तेस्रा हुने कचनकवल झापाका दिपक सापकोटा (भान्जा)ले ट्रफी सहित म्यूजिक नेपालबाट गीत रेकर्डिङ्ग र सो गीतको म्यूजिक भिडियो निर्माण गर्ने अवसरका साथै ओएसआर डिजिटलले निर्माण गर्ने चलचित्रमा पाश्र्व गायनको अवसर समेत पाएका छन् ।

रवि श्रेष्ठले निर्देकन गरेको नेपाल्स सिङ्गिग सुपरस्टामा कार्यक्रम संचालक विवेक सिंह ठकुुरी, केन्जल मेहर श्रेष्ठ र निता ढुुङ्गान रहेका थिए ।

हिजोको फाइनल एपिसोडमा प्रतिस्पर्धीको हौसला बढाउन वविन प्रधान, भीम तुलाधर र कविन्द्र श्रेष्ठ जस्ता चर्चित गायकहरु पनि उपस्थित भएका थिए ।

prabhu bank
nawakantipur long