sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

 नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगितामा सामाखुशीकि १० वर्षियाआर्या श्रेष्ठ मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि चुम्न सफल 

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपालकै सवैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्टिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा आर्या मूख्य उपाधिका साथ फोटोजेनिक र पब्लिक च्वाईसको उपउपाधिलाई समेत आफ्नो बनाउन सफल भइन्।

प्रतियोगिताका प्रमूख निर्णायक अशोकबाबु श्रेष्ठद्धारा सोधिएको उत्कृष्ट ५ मा पुग्न सफल प्रतियोगिहरुलाई नेवारी कला, संस्कृति र संस्कार किन महत्वपूण छ भन्ने प्रश्नमा संस्कृति मानव निर्मित सामाजिक घटक हो, जुन मानव सभ्यता र उनीहरूको पहिचानको अस्तित्वको लागि बनाइएको हो।

यसमा हामीले बोल्ने भाषा, हामीले मनाउने जात्रा र चाडपर्व, हाम्रो समाजमा पालना गर्ने परम्परागत भेषभुषा रीतिरिवाजजस्ता सबै मूर्त र अमूर्त सम्पदा समावेश हुन्छन्। यदि संस्कृति छैन भने मानिसको आफ्नो समुदाय र समाजमा सामाजिक पहिचान हुँदैन।

मलाई लाग्छ मानव सभ्य र अनुशासित बनाउनको लागि संस्कृति पनि महत्त्वपूर्ण छ। संस्कृतिले जेठोलाई आदर गर्न र सानोलाई माया गर्न पनि सिकाउँछ।

हाम्रो चाडपर्व मनाउन र हाम्रो समुदाय तथा समाजमा हाम्रो भाषा बोल्नको लागि संस्कृति महत्त्वपूर्ण छ भन्ने सटिक जवाफ दिएर निर्णायहरुको मन जितेकी थिइन्। उनलाई प्रमूख उपाधि जिते वापत नगद २५ हजार रुपियाँ प्रदान गरिएको थियो।

कोभिडपछिको माहौलमा पहिलो पटक खचाखच दर्शकका बीच सम्पन्न १३औं संस्करणको मिस लिटिल नेवाः नेपाल प्रतियोगितामा प्रनिधी मानन्धर फस्ट रनर्सअपका साथमा सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेण्ड रनर्सअप र नयना शाक्य मिस ट्यालेन्ट उपाधि विजेता भएका थिए।

त्यसै गरी सिचु मानन्धर मिस ट्यालेन्ट फस्ट रनर्सअप र सारिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनर्सअपका साथमा वेस्ट स्माइल चुनिएका थिए। फस्ट र सेमेन्ड रनर्सअपका विजेतलाई क्रमश १५ र १० हजार रुपियाँ नगद प्रदान गरिएको थियो ।

नेपाल क्योकुसिन सेइसिन काइकन कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, ¥यापर निर्णय श्रेष्ठ, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित, लायन्स क्लब डिस्ट्रिक ३२बि१ नेपालका क्षेत्रीय प्रमूख इन्द्ररत्न बज्राचार्य, लायन्स क्लबका डिस्ट्रिक गर्भनर मणीश्री रत्न बज्राचार्य र मिस नेवाः ११३८ रीजु मानन्धर निर्णायक तथा अन्तराष्ट्रिय व्यवसायी तथा युके एनआरएनका अध्यक्ष अशोकबाबु श्रेष्ठ प्रमूख निर्णायक रहेको प्रतियोगिामा तिसा तण्डुकार वेस्ट नेपाल भाषा, प्रकृति महर्जन नेपाल भाषा फस्ट रनर्सअप र सिम्रिक श्रेष्ठ नेपाल भाषा सेकेन्ड रनर्सअप, दिमी श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर चिफ, आर्या खोपे श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर फस्ट रनर्सअपका साथमा मिस फ्रेन्डसिप, सफलता श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर सेकेन्ड रनर्सअप, एभान्जलिना महर्जन वेस्ट ड्रेस, क्रिस्टिना महर्जन र बितिषा कंसाकार मिस कल्चर, युनिका बडे मिस पर्सनालिटी, सलिस्का महर्जन बेस्ट हेयर, सान्भी श्रेष्ठ बेस्ट स्कीन, सफलता श्रेष्ठ मिस चार्मिङ र मिस फ्रेन्डसीप, एन्जेला महर्जन मिस इलिजिन्ट र मिस इनोसेन्ट तथा सनिष्मा महर्जन र केभिया श्रेष्ठ मिस डिसिप्लेन उपाधिका विजेता भएका छन्।

नेवार बालिका तथा किशोरीहरुको आत्मविश्वास बृद्धी तथा नेवारी कला, संस्कार, भाषा र संस्कृतिका बारेमा ज्ञान दिलाउने एवं पुस्ता हस्तानतरण गर्ने उद्येश्यका साथ वर्षेनी मिस लिटिल नेवा नेपाल आयोजना गर्दै आएको यसको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्।

त्यसै गरी कार्यक्रमका प्रमूख अतिथी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो कार्यक्रमले नेवार संस्कार र संस्कृति बचाउन सघाउने चर्चा गर्दै काठमाडौं महानगरभित्रका विद्यालयमा नेवार संस्कृति पठनपाठन गर्ने वातावरण बनाउने बताए। प्रतियोगिता मिस नेवाः कि फस्ट रनर्सअप प्रिया तण्डुकार र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफी तथा रोजिन शाक्यको सञ्चालनमा सम्पन्न भएको हो।

gold
kumari bank
nawakantipur long