citizens life insurance long ad
stcnepal long ad

कलाकर्मीहरुलाई सम्मान कार्यक्रम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले राजधानीमा आयोजित एक कार्यक्रमका बीच कलाकर्मीहरुलाई सम्मान गरेका छन् ।

पूर्व उपराष्ट्रपति झाले रिवन इन्टरटेनमेन्टद्वारा ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलम आयोजित कार्यक्रममा अभिनेता धिरेन शाक्य, प्रदीप बास्तोला, दुर्गा बास्तोला, बिकाश चापागाईं, प्रेम पाण्डे, शुशिल श्रेष्ठ, देव महतो, प्रवण भुषाल, तुलसी प्रसाद श्रेष्ठ, अभिनेत्री साक्षी लम्साल, बेनी ढुंगाना, हास्य अभिनेता गोपाल ढकाल (छन्दे) लाई आ–आप्mनो क्षेत्रमा योगदान पु¥याए वापत सम्मान गरे ।

राष्ट्रलाई पु¥याएको योगदान: विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई सम्मान भन्दै राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ नाम दिइएको कार्यक्रममा पूर्व राष्ट्रपति झाले फिल्म निर्देशक राजेन्द्र उप्रेती, सुदर्शन थापा, मधुसुदन भट्टराई, कल्याण अधिकारी, सौरभ चौधरी, अम्बर बहादुर बिश्वकर्मा, राजु अधिकारी र ऋषिराज आचार्य, म्युजिक भिडियो निर्देशक बिधान कार्की, फिल्म निर्माता नबिन अधिकारी, फिल्म लेखक शिवम अधिकारी र आरति अधिकार, संगीतकार दीपक शर्मा, अर्जुन पोखरेल, बिशाल ढकाल र राजेन्द्र बजगाईं, गायक तथा संगीतकार भुवन प्यासी, गीतकार बी पाण्डे, दयाराम पाण्डे, प्रतिमा गुरुङ र रामप्रसाद कंडेल, गायक सुरज पौडेल र चिरन्जिवी भण्डारी, गायिका पारु रंजित, भावना आचार्य, छनु गुरुङ, लक्ष्मी आचार्य र सरिता भारती, बाद्यवादक सुनिल सिंह नेपाली, कोरीयोग्राफर सुबाश बुढाथोकी र रामजी लामिछाने, फिल्म छायांकार धनदिप योंजन (सौरभ लामा), जीवन पराजुली र रविचन्द्र कोईराला, फिल्म सम्पादक भुपेन्द्र अधिकारी, खालित खान (शाहिल) र सुरेश कुमार राउत, फिल्म रंग संयोजक रेनिश फागो, भिएफएक्स आर्टिस्ट अच्युत बजगाईं, रंग पत्रकार जीवन पराजुली, मेकअप आर्टिस्ट टेक राज पाण्डे, गीता पौडेल, जमुना पुन र बिना राना, साहित्यकार तथा गीतकार रचना महर्जन शाक्य, सुरेन्द्र महर्जन र ज्ञानेश्वर तिवारी, फेसन डीजाइनर अमित झा, मिसेस एशिया प्यासिफिक/मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी, फेसन/पेजेन्ट कोरीयोग्राफर अश्विनीकान्त झा, पेजेन्ट निर्देशक बालकृष्ण पोखरेल र प्रिती कार्की, फिल्मकर्मी केडी प्रसित, रेडियो प्रस्तोता महेश लिम्बुलाई सम्मान गरे ।

त्यसै गरी व्यवसायी अनुप के. बराल, भुषणकुमार श्रेष्ठ, गोमा अधिकारी धिताल, भुषण कुमार श्रेष्ठ र टपेन्द्र शाही, ब्युटिसियन कमला सिग्देल लामिछाने र रेणु राना मगर, स्वास्थ्यसेवी त्रिजा ढकाललाई पनि उनले सम्मान गरे।

रिवन इन्टरटेनमेन्ट प्रा।लि।ले आफ्नो सातौं बार्षिकोत्वका अवसरमा आयोजना गरेको कार्यक्रम नेपालको प्रथम अभिनेत्री भुवन चन्द थापा र त्रिभुवन अन्तराष्ट्रिय विमानास्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमूख अतिथी प्रथम पूर्व उपरााष्ट्रपति झाले कला क्षेत्रका विभिन्न विधामा काम गर्ने व्यक्तित्वलाई सम्मानित गर्न पाएकोमा खुशी व्यक्त गर्दै कला क्षेत्रमा काम गर्नेहहरु राजनीति गर्नेभन्दा धेरै माथी रहेको चर्चा गरे ।

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले स्रष्टाको सम्मानमा स्वास्थ्य मापदण्ड अपनाउँदै कार्यक्रम आयोजना गरिएको बताए। प्रथम अभिनेत्री थापाले आफुले काम गरेको क्षेत्रका नयाँ पुस्ताले कला क्षेत्रकाई चलायमान राखिरहेकोमा साधुवाद दिइन् ।

IME Life
kumari