stcnepal long ad
global ime bank long

मिस टुरिजम क्विन वर्ल्ड वाइड सौन्दर्य प्रतियोगिता हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपालको संस्कृति दशाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिस टुरिजम क्विन वर्ल्ड वाइड प्रतियोगिता नामक सौन्दर्य प्रतियोगिता हुने भएको छ । एसएसके मिडियाले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेष्ठ २ गते काठमाडौंमा हुने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा आयोजक एसएसके मिडियाका अध्यक्ष सन्तोष सिलवालले नेपालका विभिन्न भेषभुषा, कला, संस्कृति, भाषा सौदर्य प्रतियोगितामार्फत् देखाई देशमा विदेशी पर्यटक भित्राउने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको जनाए ।

सिलवालका अनुसार प्रतियोगितामा सहभागीहरुलाई विभिन्न ठाउँंहरुमा घुमाई नेपालको विभिन्न जानकारी गराई नेपालबारे जानकारी गराइनेछ ।

प्रतियोगितामा १६ देखि २९ वर्षीय युवतीहरु सहभागी हुन पाउनेछन् । प्रतियोगितामा घटीमा २५ जना सहभागी गराइने उनले जनाए । उनका अनुसार यस्ताखाले प्रतियोगिता यो नै नेपालको पहिलो हो ।

सम्मेलनमा मिष्टर मोडेल अफ दी वल्र्ड २०१८ दिक्पाल कार्कीले कार्यक्रम मार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको जनाए । मौलिक कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सौन्दर्य प्रतियोगिता आयोजना हुने उनले स्पष्ट पारे ।

आयोजकका अनुसार प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण नेपाललाई यस्ता कार्यक्रम मार्फत विश्वसामु थप प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने विश्वास लिइएको छ ।

प्रतियोगिताले देशको मौलिक पहिचान, परम्परा र संस्कृतिको संरक्षण तथा प्रचार प्रसारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा पहिलो हुने विजेतालाई रु १ लाख नगदसहित विभिन्न आकर्षक पुरस्कारबाट सम्मानित गरिनुका साथै अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिनेछ ।

प्रतियोगितामा फष्ट रनर अपलाई रु २५ हजार सहित विभिन्न पुरस्कार तथा पारिवारिक पोखरा भ्रमणको अवसर प्रदान गरिनेछ । साथै सबै सहभागीहरूलाई आयल्स वा जापानी भाषा कक्षा निःशुल्क तथा कम्प्युटर तालिम निःशुल्क उपलब्ध गराइनेछ ।

कार्यक्रमका मुख्य आकर्षणका रूपमा मिस नेपाल २००५ सुगारिका केसी, मिष्टर मोडल अफ दी वर्ल्ड २०१८ दिक्पाल कार्की, चर्चित गायक आनन्द कार्की तथा विशेष विदेशी अतिथि नोवेल किंग र्यो साकागुची र उनको फेशन समूहको सहभागिता रहनेछ ।

कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति तथा परम्परागत पहिरनमा आधारित विशेष प्रस्तुति समेत रहनेछ । आयोजकका अनुसार प्रतियोगितामार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई १५ दिने तालिम प्रदान गरिने जानकारी दिइएको छ । तालिम अवधिमा सहभागीहरूलाई नेपालको विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराइने, फोटोसुट गराइने तथा पर्यटन सम्बन्धी कक्षाहरू सञ्चालन गरिनेछ ।

प्रतिस्पर्धामा सहभागी हुन प्रति प्रतिस्पर्धी पाँंच हजार रुपैयाँं बुझाउनुपर्ने जनाइएको छ । यस कार्यक्रमको मेक पाटर्नरको रूपमा फेसियल हाउस तथा एजुकेशन पार्टनरको रूपमा मेघाटेक भ्यालु एजुकेशन कन्सल्टेन्सी रहनेछन् । साथै अन्य प्रायोजकहरू क्रमशः थपिँदै जाने आयोजकले जनाएको छ ।

IME Lifesidebar
kumari