stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गीतकार सुधा मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ।

सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश मुस्कानले निर्देशन गरेका छन्। गीतको निर्माणमा अनुराग परिहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश मुस्कान र विमला श्रेष्ठको अभिनय रहेको छ। आकर्षक प्रस्तुति र कथावस्तुलाई प्रभावकारी बनाउन छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन्।

गीतमा लोक र आधुनिक शैलीको मिश्रण भेटिन्छ भने भिडियोमा सांस्कृतिक रंग र भावनात्मक कथावाचनलाई प्राथमिकता दिइएको छ। दर्शकले पारम्परिक आभूषण ‘छड्के तिलहरी’लाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा लोकजीवनको सौन्दर्य र प्रेमको मिठास अनुभव गर्न सक्नेछन्।

‘छड्के तिलहरी’ सनराइज म्युजिक नामक युट्युबमार्फत सार्वजनिक भएको छ र सार्वजनिक भएको केही समयमै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

prabhu mahalaxmi
kumari