citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल महोत्सव आगामी नोभेम्बर २३ मा सिड्नीमा आयोजना हुँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । मुलुक चिनाउने मेला बन्दै छ सिड्नीको नेपाल महोत्सव गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाको महत्त्वपूर्ण कर्मका रुपमा रहेको नेपाल महोत्सव आगामी नोभेम्बर २३ शनिवार सिड्नीको मुटु डार्लिङ हार्बरस्थित टुम्वोलङ पार्कमा आयोजना हुने भएको छ ।

नेपाल महोत्सव बिहान १० बजेबाट रातिको १० बजेसम्म चल्नेछ । नेपाल सरकारको परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग विशेष सहकार्यमा नेपालको पर्यटन प्रवर्धनको लागि विविध कार्यक्रमहरू महोत्सवमा झल्किने भएको छ। कार्यक्रममा अष्ट्रेलियास्थित विविध पर्यटन र व्यवसायीक स्टलहरु रहनेछन् ।

यस्तै विविध नेपाली खानाका परिकार सहित दुई दर्जनबढी छुट्टा छुट्टै नेपाली परिकारका स्टल राखिने गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाका गैर आवासीय नेपाली सङ्घ एनएसडब्लु राज्य समितिले जनाएको छ।

कार्यक्रमको प्रचार प्रसारका लागि सिड्नी सहरको लिभरपुल स्ट्रिट,बाथर्स्ट स्ट्रिट फेस्टिभल सम्पन्न हुने डार्लिङ हार्बरको तुम्वोलङ्ग पार्क वरपर नेपाली झन्डा फहराइने भएको छ।

विशेषतः नेपाल हाउस मार्फत समग्र नेपालको भूगोल, भौगोलिक परिचय (तराई, पहाड, हिमाल) लाई प्रस्तुत गर्ने गरी नेपाल र नेपालीसँग सम्बन्धित विभिन्न पर्यटकीय स्थल, धार्मिक स्थल, ऐतिहासिक स्थलको जानकारी तथा विविध भेसभुसा, कला, कृति, भाषा साहित्य एवम् राज्य व्यवस्थाको विभिन्न काल खण्डको परिचय र जानकारी प्रस्तुत गरिने छ ।

अष्ट्रेलियास्थित नेपाली व्यवसायीको विशेष व्यावसायिक स्टल र प्रदर्शनीसँगै यस पटक नेपाली ह्याण्डीक्राफ्टका उत्पादनहरूसमेत महोत्सवका आकर्षण हुने छ।

कार्यक्रम सुरु हुनु अगाडि शनिवार बिहान साढे १० बजेबाट विशेष परेड र झाँकी मार्फत नेपालको कला संस्कृति झल्काउने गरी बाजा गाँजा सहित शान्ति पद यात्रा मार्फत सहर परिक्रमा गरिने कुरा अतिथि व्यवस्थापन समितिका संयोजक शीतल गिरिले जानकारी दिनुभयो ।

यस्तै रास्ट्रिय स्तरका लोक , पप , रक स्टार एवं नेपाली चलचित्रका स्थापित कलाकारहरुको कलाकारिताको प्रदर्शन गरिने छ।

कार्यक्रममा  नेपालबाट  आएका द एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुति रहनेछ । साथमा स्थानीय कलाकारहरूको विविध साङ्गीतिक कार्यक्रम समेटिनेछ ।

साथै विभिन्न भाषा, संस्कृति झल्काउने नृत्यहरू प्रदर्शन गरिने कार्यक्रम रहेको छ। यस्तै दोस्रो पुस्ताका बाबु नानीहरूको विशेष सहभागिता गराउने र उनीहरूलाई पनि नेपालबाट आएका कलाकार जतिकै मञ्च दिने तयारी रहेको छ ।

यस्तै नेपाल र अष्ट्रेलियाको कूटनीतिक सम्बन्ध स्थापना भएको करिब ७० वर्ष भई सकेको छ र नेपाली विद्यार्थी, पेसागत रोजगारहरू, दक्ष जनशक्तिको अस्ट्रेलिया आगमनमा उल्लेख्य वृद्धि भइरहेको छ ।

यसै परिप्रेक्षकमा नेपाल र अष्ट्रेलियाबिचको राजनीतिक, कूटनीतिक सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यका साथ अष्ट्रेलिया सरकारका प्रतिनिधि तथा राजनीति दलका नेताहरूको विशेष सम्बोधन रहने एनआरएन एनएसडब्लुका सचिव कल्याण खड्काले बताउनुभयो ।

यस्तै नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालय, नेपाल पर्यटन बोर्डको साथै क्यानवेरास्थित अष्ट्रेलियाका लागि नेपाली राजदूतावासबाट प्रतिनिधिको उपस्थिति रहनेछ।

प्रवासमा आफ्नो व्यक्तिगत, पारिवारिक जीवन,अध्ययन,पेसा व्यवसाय या रोजगारीमा रहनु भएका धेरै भन्दा धेरै नेपालीहरू एकै ठाउँमा भेला भएर भाइचारा साट्नुका साथै ज्ञान सीप एवं जीवन शैलीलाई एक उत्सवका रूपमा मनाउने थलोका रूपमा पनि महोत्सवको विकास भएको आयोजक एनएसडब्लुका संयोजक विनोद कुवरले बताउनुभयो।

साथै अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सङ्घ संस्था एकाकार भएर नेपाल र नेपाली लाइ सम्झने, खुसी हुने र नेपाली उत्सवका रूपमा मनाउने थलोको मुलुक चिनाउने महोत्सवमा सहभागिता जनाउनु आफैमा  महत्त्वपूर्ण  उपलब्धिका  रूपमा रहेको एनएसडब्लुका संयोजक विनोद कुवरले बताउनुभयो ।

कार्यक्रममा एनएसडब्लु राज्य समितिका प्रिमियर क्रिश मिन्सको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा ३० हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारी दिनुभयो ।

यस पटक सीडनीको पर्यटकीय स्थलमा पुन महोत्सव हुने हुनाले सङ्ख्यात्मक रूपमा पनि विदेशीको उल्लेख्य सहभागिता रहने विश्वास गरिएको पोखरेलले बताउनुभयो । कार्यक्रमको लागत कम्तिमा २ लाख ५० हजार डलर हुने अनुमान गरिएको छ ।

gold
himalayan life insurance long ad