citizens life insurance long ad
stcnepal long ad

नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था तथा राष्ट्रिय मिर्गौला उपचार केन्द्र/ हेकाफ–नेपाल बीच सम्झौतापत्रमा हस्ताक्षर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नवकान्तिपुर  बचत तथा  ऋण  सहकारी  संस्था  लिमिटेड र राष्ट्रिय मिर्गौला उपचार केन्द्र/ हेकाफ–नेपाल बीच सेवा आदान प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा संस्थाका अध्यक्ष शिव प्रसाद सिटौला र राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अध्यक्ष डा. ऋषि कुमार काफ्लेले  हस्ताक्षर गर्नुभएको हो ।

सो सम्झौता पश्चात नवकान्तिपुर साकोसका सदस्यहरुलाई राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा प्रयोगशाला परिक्षणमा २० प्रतिशत छुट प्रदान गरिने,ओपिडि लगायत अन्य सेवाहरुमा प्राथमिकता प्रदान गरिने, मिर्गौला रोगबाट बिरामी भएका सदस्यहरुलाई निशुल्क डायलासिस सेवामा उच्च प्राथमिकतामा राखि सेवा प्रवाह गरिने, संस्थाले सञ्चालन गरेका विभिन्न सामाजिक क्रियाकलापहरुमा निशुल्क  मिर्गौला परिक्षण शिविर सञ्चालन गरिने सहकारी  संस्था जनाएको छ ।

संस्थाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्धारा सञ्चालन  हुने  मिर्गौला  बचाऔं  अभियान  कार्यक्रममा संस्थाको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व  निर्वाह गर्ने गरि  २०८१ मंसिर १ गतेदेखि  लागु  हुने गरि १ बर्षको लागि  सम्झौता भएको छ ।

यस्तो सेवा प्राप्त गर्न संस्थाका सदस्यहरुले आफ्नो सदस्यता परिचय पत्रको साथमा संस्थामा तोकिएको फोकल पर्सन मार्फत सहजिकरणको व्यवस्था गरिएको छ

IME Life
kumari