citizens life insurance long ad
stcnepal long ad

विभिन्न कलाकार, समाजसेवी तथा पत्रकार सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ ।‘कर्म अनुसार आ आफनो पहिचान, विभिन्न व्यक्तिहरुलाई सम्मान‘ को नारा सहित एभरग्रीन वर्ल्डवाइड इन्टरटेनमेन्टले १२ बर्ष प्रवेशको अवसरमा विभिन्न कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको छ ।

आज चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रमबीच विभिन्न कलाकार, समाजसेवी, व्यवसायी तथा पत्रकार सम्मानित गरिएको हो ।

वशिष्ठ अभियनेता शिव श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा अभिनेता तथा वशिष्ठ चलचित्रकर्मी रमेश बुढाथोकी विशिष्ट अतिथि, विशिष्ठ नृत्य निर्देशक राजु शाह, अभिनेता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, विशिष्ट चलचित्रकर्मी तथा नेपाल राष्ट्रिय चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसि रहेका थिए ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार राजाराम पौडेल, हास्य कलाकार शिवहरी नेपाल, विशिष्ठ चलचित्रकर्मी रामचन्द्र अधिकारी, उक्तम केसी, विशिष्ठ हास्य कलाकार शिव ढकाल, विशिष्ठ चलचित्रकर्मी नारायण प्िरधान वरिष्ठ दन्त चिकित्सक डा सुवास घिमिरे, वरिष्ठ कलाकार पुकार भटराई, वरिष्ठ हास्यकलाकार रवी डंगोल, निर्मल राज पौडेल, वरिष्ठ हास्य कलाकार पवन केसी, मञ्जु श्रेष्ठ विजुली, बरिष्ठ बालरोग विशेषज्ञ डा. रामानन्द चौधरी, गायक पवित्र श्रेष्ठ, भाषवीद तथा लेखक तेज बहादुर प्रधान, चर्चित अभियन्ता सविन श्रेष्ठ, कलाकार सुरज देशराज, दिक्पाल, गायक तथा संगीतकार विनोद ढकाल, वरिष्ठ पत्रकार, लेखक तथा सम्पादक नन्दलाल खरेल, वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा लगायत ब्यक्तित्वहरुलाई कदरपत्र सहित सम्मानित गरिएको थियो । त्यसैगरी उत्कृष्ठ चलचित्रको रुपमा छक्कापञ्जा ३ का निर्देशक तथा चर्चित अभिनेत्री दिपाश्री निरौलालाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

त्यसैगरी चर्चित चलचित्र पकार विष्णु प्रसाद सुबेदी, लोक गायक सफल श्रेष्ठ, चर्चित चलचित्र निर्देशक दिल बहादुर तामाङ, चर्चित गायक नारायण थापा, प्रेम बहादुर कार्की, कोरियोग्राफर दिपक तामाङ, चर्चित अभिनेत्री आशा भुषाल, कलाकार दिप गरुुङ, गितकार प्रेम बहादुर तामाङ, गोकुल सुबेदी, कलकार शुशिला उप्रेती, सुगत तारङ्गीत, हास्य कलाकार सुरेश तिमल्सीना, कलाकार तथा व्यवसायी राजु कार्कीै, समाजसेवी सविना कटवाल, बाल कलाकार दीपसंग सिलवाल, गायक दाउत राइ तथा व्यवसायी एवं समाजसेवी मेलिना राइलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा पञ्चेबजा सहित साँस्कृतिक प्रस्तुतीहरु गरिएका थिए । कार्यक्रमको सञ्चालन एभरग्रीन वल्र्डवाइड इन्र्टरटेनमेन्टका अध्यक्ष गोपाल ढकाल (छन्दे) ले गरेका थिए ।

एभरग्रीन वर्ल्ड वाइड इन्र्टरटेनमेन्टले विगत १२ बर्ष देखि कलाकार तथा विभिन्न विधाका ब्यक्तित्व तथा प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ । भब्य रुपमा सम्पन्न भएको कार्यक्रममा ठुलो संख्यामा दर्शकहरुको सुहभागिता थियो ।

IME Life
kumari