sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

न्ह्यू बज्राचार्यको नयाँ गीत ‘म पनि’ सार्वजनिक

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । संगीतकार न्ह्यू बज्राचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै स्वरमा रहेको गीत न्ह्यूले सार्वजनिक गरेका हुन् ।

‘म पनि’ बोलको गीतमा गोपाल प्याकुरेल को शब्दरचना छ । न्ह्यू स्वयंको संगीत रहेको छ ।

गीतको भिडियो पनि तयार पारिएको छ । तर भिडियोमा कसैको पनि मुहार स्पष्ट देखाइएको छैन । पृष्ठभूमिमा न्ह्यूू गीतार बजाएर गीत गाइरहेको देखाइएको छ ।

‘ट्युन’ मिलेका न्ह्यू

थाहै नपाइ बसेको प्रेमपछि दुवै प्रेमी प्रेमिको हालत करिब–करिब उस्तै हुने सन्दर्भलाई गीतले चित्रण गरेको छ ।

गीतः–
म पनि त यता हेर त्यसै बसेछु
उड्दाउड्दै नजानिदै तलै खसेछु ।

आफैलाई खोज्दैजाँदा बाटो भुलेछु
बेहोसीमा तिम्रो माया मनमा लिएछु
म पनि त यता हेर कस्तो भएछु
त्यता पनि त्यस्तै होला कस्तो भएछु ।

जस्तो त्यता उस्तै यता अन्तै गएछु
पहरोमा अल्झिएको फूल भएछु
म पनि त तिमीजस्तै एक्लै रहेछु
नदेखिने नबुझिने मान्छे भएछु ।

gold
kumari bank
nawakantipur long