stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘मिन्जिमा ए’ म्यूजिक भिडियो मन्त्री किरातीद्वारा सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लिम्बूहरुको मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा सार्वजनिक गरिएको गीतमा गायक भीम लिम्बू र गायिका मनु नेम्वाङले स्वर दिएका छन् ।

२५ मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गर्दै मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए ।

गीतसङ्गीतले समाजमा प्रभाव पार्ने भएको हुँदा यसमार्फत कला, संस्कृतिलाई समेट्दै सकारात्मक प्रभाव पार्ने कार्य गर्न उनले आग्रह गरे ।

उनले भने, ‘लिम्बू समुदायले गाउने पालाम र ख्यालीको विशेष महत्व छ । पालामसँग लिम्बूहरुको सांस्कृतिक पहिचान जोडिएको छ । पहिचानसँग जोडिएका हरेक कलाको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक छ ।’

गायक भीमसँगको पुरानो सम्बन्धलाई स्मरण गर्दै संगीत यात्रामा अगाडि वढेको बताए । ‘भीमले सपना देखेर सङ्गीत यात्राको प्रारम्भ गरे ।

चौरमा बसेर गएको गीत र त्यो यात्रा सङ्घर्ष अहिले पनि मलाई स्मरण छ’ मन्त्री किरातीले भने, ‘मैले राजनीति रोजे र उनले सङगीत रोजे । उनको गीतसङ्गीत प्रतिको लगाव अझैँ उस्तै छ । उनको गीत सार्वजनिक समारोहमा यसरी अतिथि बनेर आउन पाउँदा निकै खुसी छु ।’

गीतमा भीम र मनुसँगै कोरसको रुपमा रुकमान लिम्बु, निरन्ता नेम्वाङ्ग, शिव साम्बाहाम्फे, दीपा सुहाङ छन् । गीतको सङ्कलक गायक भीम नै छन् भने यसमा शब्द सुवर्ण नेम्वाङले लेखेका हुन् । गीतमा अशोक लोहरूङ राई एरेञ्जर, राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका छन् भने किशोर थापाले मिक्सिङ गरेका छन् ।

गीतको सार्वजनिक भिडियोमा रेखा लिम्बु, मोन नाल्बो सुब्बा, विशाल सेनेहाङ, रुकमान लिम्बु, कृष्ण सेनेहाङ,नविन सेनेहाङ, खुसी थुलुङ, शैलेन्द्र नाल्बो लगायतले अभिनय गरेका छन् ।

तारेभिरको रमणीय दृश्यमा छायाङ्कन गरिएको गीतमा गाउँमा पाहुना आउँदा धान नाच्ने परम्परा र त्यहिँ भेटघाटको क्रम बसेको मायालाई देखाइएको गायक लिम्बुले जानकारी दिए ।

‘कला, संस्कृतिसँगै संस्कारलाई गीतको शब्द र भिडियोमार्फत व्यक्त गरिएको छ । यसले त्यो परम्परालाई पुस्तान्तरण गर्न पनि मदत गर्छ ।

त्यसैले यो गीत मात्र नभई संस्कृति जोडिएको म्युजिकल फिल्म हो’ गायक भीमले भने, ‘दुई दशक अगाडि गीतसङ्गीतमा पाईला टेके यता पनि यो लिम्बु भाषामा भने मेरो पहिलो गीत हो ।’

सार्वजनिक भिडियोमा नृत्य र निर्देशक लोकेन सावाले गरेका हुन् भने यसमा छायाङ्कन युवराज राई, मेकअप सञ्जु थलाङ, सम्पादन अनिल राना र फोली साउण्ड मानसी किरणले गरेका हुन् ।

गायक भीम झन्डै एक दशकको विश्रामपश्चात पुनः गायनमा सक्रिय भएका छन् । ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘खुल्यो खुल्यो रस खुल्यो’, ‘फेसबुकैले’, ‘धानै नाचिन्छ’ जस्ता गीतमार्फत उनि गायनमा स्थापित भएका हुन् । उनले आउँदो समयमा यति ठूलो विश्राम नलिने र गीतसङ्गीतमा निरन्तरता दिने बताए ।

याक्थुङ युथ एशोसियसनका सचिव रुकमान लिम्बुले मन्तव्य राख्दै उपस्थितलाई धन्यवाद दिए । उनले भने, ‘हामीले आफ्ना क्रियाकलाप मार्फत मनोरंजनसँगै संस्कृतिलाई टेवा पुग्ने कार्य गरिरहेका छौँ । यो म्युजिकल फिल्मले नयाँ पुस्तलाई संस्कृति बारे जानकार गराउनेमा म विश्वस्त छु ।’

गीत सार्वजनिक समारोहमा भाषाविद तथा अभिनेता यासेली योङहाङ, नेपाल ट्रष्टका बोर्ड डाइरेक्टर याङजोम शेर्पा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ, गायक दीपक लिम्बु, सङ्गीतकार महेश खड्का, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Songs Link : https://youtu.be/fxE5aVGAD1M?t=108

prabhu mahalaxmi
kumari