citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

गायिका कल्पना कुसुमको पञ्चे बाजाको गीत ‘नाचम नाचम भो बाजा तालैमा’ सार्वजनिक

kumari bank
Prabhu Insurance Long Ad
global bank

गुल्मी । गायिका कल्पना कुसुमको पञ्चे बाजाको गीत ‘नाचम नाचम भो बाजा तालैमा’ सार्वजनिक भएको छ । मंसिर महिना बिहे गर्नेहरुका लागि उत्तम लगनको महिना हो ।

यस महिनामा धेरैको बिहे हुने गर्दछ । यहिँ लगनको महिनालाई मध्यनजरमा राखेर गायिका कुसुमको पञ्चे बाजाको गीत ‘नाचम नाचम भो बाजा तालैम’ सार्वजनिक भएको हो ।

गीतमा बाजा तालैमा नाच्न मन लागेको कथा वस्तुमा तयार भएको छ । बाजा तालमा नाच्ने र लैजाने गीतमा शब्द भाव रहेको छ ।

लगनको महिनामा नाच्नेहरुका लागि तयार भएको गीतमा गायिका कल्पना कुसुम र गायक सन्दिप न्यौपानेको  स्वर रहेको छ । रविन लामिछानेको शब्द रहेको गीतमा श्रीधर अधिकारीको लय रहेको छ ।

गीत कल्पना कुसुमको युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गायिका कुसुमका यसअघि पनि विभिन्न गीतहरु सार्वजनिक भएका छन् ।

ती गीतहरु निकै लोकप्रिय बनेका थिए । यसपटक सार्वजनिक भएको गीत पनि धेरै दर्शक श्रोताले मन पराउने गायिका कल्पनाले बताइन् ।

अहिले सार्वजनिक भएको पञ्चे बाजाको गीतमा माया प्रेमका कथा वस्तुमा तयार भएको छ । गीतमा युवा पिडीलाई लक्षित गरेर गीत सार्वजनिक भएको छ ।

gold
himalayan life insurance long ad