citizens life insurance long ad
stcnepal long ad

एसियन पेन्ट्स मिस युनिभर्सका अन्तिम प्रतिस्पर्धीबिच प्रश्नोत्तर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एसियन पेन्ट मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ जना प्रतिस्पर्धीबिच प्रश्नोत्तर कार्यक्रम समापन भएको छ । काठमाडौँमा आयोजित एक समारोहकाबिच आज अन्तिम २२ जना प्रतिस्पर्धीहरू बिच जजहरूले प्रश्नोतर गर्नुभएको हो ।

प्रारम्भिक प्रश्नोत्तर सेसनमा जजका रूपमा आरोही रविराज उपल मजुमदार, सन इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा नेपाल इक्वेस्ट्रियन एसोसिएसनका अध्यक्ष रविराज कर्णिकर, नेपाल टेलिकम प्रमुख वाणिज्य अधिकृत संगिता पहाडी, मेराकी नेपालका संस्थापक निर्देशक, आयुषा कार्की श्रेष्ठ, नेपाल पर्यटन बोर्ड वरिष्ठ निर्देशक नन्दिनी थापा, नारी पत्रिका प्रमुख सम्पादक उपासना घिमिरे, कान्तिपुर टेलिभिजनका समाचार बाचिका श्री पाण्डे र अभिनेता तथा मिस युनिभर्स नेपाल २०२३ का अफिसियल कोरियोग्राफर प्रशान्त ताम्राकार रहनु भएको थियो ।

उहाँहरूले प्रतिस्पर्धीलाई मिस युनिभर्सको प्याटफर्मलाई कसरी लिएको र समाज परिवर्तन सँगसँगै सामाजिक, राजाीतिक, आर्थिक विषयमा प्रश्नोतर गर्नुभएको थियो ।

उक्त प्रश्नोतर सेसनमाबाट प्राप्त प्राप्ताङ्क र भोटिङमार्फत प्रतिस्पर्धीहरूले पाएको स्कोरका आधारमा फिनालेमा उत्कृष्ट १० जना प्रतिस्पर्धीहरू सार्वजनिक गरिने र २२ जना प्रतिस्पर्धीहरूबाट एक जना विजेता घोषणा गरिने उमंग क्रियसनका डाइरेक्टर उद्धव अधिकारीले बताउनुभयो ।

उहाँले विगत तीन वर्षदेखि प्रशान्त ताम्राकारकै कन्सेप्ट सँगसँगै कोरियोग्राफिमा मिस युनिभरसको आयोजना हुदैँ आएको र चौथो वर्ष पनि ताम्राकारकै कोरियोग्राफीमा प्रतिस्पर्धीहरू सार्वजनिक गरिएको बताउनुभयो ।

उहाँले, प्रशान्त ताम्राकारको कोरियोग्राफि तथा कन्सेप्ले नै मिस युनिभर्स नेपाललाई आज नेपालको सबैभन्दा प्रतिष्ठित व्युटि शो का रूपमा स्थापित गरेको अधिकारीले बताउनुभयो । उहाँले यो सेसन मिस युनिभर्सको फर्म्याट अनुसार नै अगाडि बढाइएको समेत जानकारी दिनुभयो ।

एसियन पेन्ट मिस युनिभर्सको अन्तिम २२ जना प्रतिस्पर्धीका रूपमा प्राप्ति खड्का, सबिना चौधरी, चनेल श्रेष्ठ, प्रेमा लामगडे, डा. पुजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहनु भएको छ ।

‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ को फाइनल भदौँ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुँदैछ ।

२२ जना अन्तिम प्रतिस्पर्धीहरू मध्येबाट विजेताले नोवेम्बरमा एलसाल्वा डोरमा हुने मिस युनिभर्समा नेपाललाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् ।

IME Life
kumari