नेपाल पुनर्बीमा कम्पनीमा जागिर खुल्यो
आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला, समावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
बिहीबार प्रकाशित सूचना अनुसार नायव महाप्रबन्धक, प्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदमा कर्मचारी माग गरिएको छ । आवेदन दिने म्याद चैत २० र दोब्बर दस्तुर तिरेर चैत २७ गतेसम्मलाई तोकिएको छ ।



























