प्राधिकरण सञ्चालक समितिमाथि अख्तियारले छानिवन गर्नुपर्ने ठहर

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६
काठमाडौं । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिमाथि छानविन गर्नु पर्ने ठहर गरेकाे छ । उपसमितिले ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति, प्रवन्ध निर्देशक विभागीय निजम्मेवारी लिएका पदाधिकारीमाथि छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन उपसमितिको प्रस्ताव छ ।
पसमितिका अनुसार ९ अर्ब ४६ करोड ४४ लाख राजश्व उठाउन बाँकी देखिएको छ । प्राधिकरणले बिजुलीको बिल नतिर्ने ग्राहकको लाइन काट्न नसकेको भन्दै उपसमितिले थप निर्देशन दिन सिफारिस गरेको छ ।