stcnepal long ad
ime life insurance
global ime bank long

इजरायलका लागि रोजगारीका लागि आवेदन दिएका मध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएका मध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार ४६१ जनाको सूचीबाट दुुई हजार दुई जनामध्ये दुुई हजार ११२ जनाको नाम सार्वजनिक गरेको हो ।

गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भटिएकाले नाम हटाइएको विभागले जनाएको छ । विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन ।

इजरायलको विपाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार १५६ महिला (६० प्रतिशत) र ९५६ पुरुष (४० प्रतिशत) गरी दुुई हजार ११२ जना छनोट भएका छन् । ‘नेपालस्थित इजरायली दूतावासको रोहवरमा गोला प्रथा गरिएको हो ।

श्रमिक छनोट प्रक्रियालाई पारदर्शी बनाउन गोला प्रथा गरिएको हो । यसरी छानिएकामध्ये पनि उचाइ तथा स्वास्थ्य परीक्षणको मापदण्डमा असफल भए कम्तीमा दुुई हजार उत्र्तीण हुुने विश्वास गरिएको छ ।

विभागका अनुसार विभागले तीन महिनाअघि माग गरेको आवेदन अनुसार चार हजार २४ जनाले निवेदन दिएकोमा एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला सट लिस्टमा छानेको थियो ।

सोही सट लिस्टबाट गोला प्रथा गरेर युवा छनोट गरिने छ । नेपाल र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक श्रमिक पठाउन साउन ११ गतेसम्म भर्ना प्रव्रिmयाको अन्तिम म्याद रहेको थियो ।

नामावली परीक्षणमा पर्न सफल उम्मेदवारलाई इजरायल सरकारको लट्ररी कार्यक्रममा समावेश गराइएको विभागले जनाएको छ ।

यस पटक आवेदन माग गर्दा सुरु चरणबाटै पारदर्शी तथा निष्पक्ष तरिकाले भाषा परीक्षा गरिएका कारण छनोटमा कुनै विवाद नभएको दाबी गरिएको छ । पहिलो चरणमै छनोट भएका अधिकांश युवाले इजरायल जाने अवसर पाउन सक्ने देखिएको छ ।

आवेदकको सङ्ख्या र माग सङ्ख्यामा खासै फरक नहुने भएकाले पहिलो चरणमा छनोट भएका युवामध्ये अधिकांश इजरायल जान पाउने देखिन्छ ।

विभागका निर्देशक गुुरुदत्त सुुवेदीले हाल जिटुजी प्रक्रिया अन्तर्गत केयरगिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा जारी छनोट प्रक्रियाका बारेमा इजरायलले चासो दिएकाले छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष गरेको दाबी दिनुुभयो । पछिल्लो समय भारत र बङ्गलादेशबाट श्रमिक लैजाने तयारी गरिरहेका बेला नेपालले तत्काल पठाउने आश्वासन दिएपछि आवेदन माग गरिएको हो ।

पछिल्लो समय रकेट तथा ड्रोन आक्रमण भएपछि केही समयका लागि इजरायलका विभिन्न क्षेत्रमा हाई अलर्ट जारी गरिएको छ । इजरायलले श्रमिक स्रोत देशलाई आफ्नो देश सुरक्षित रहेको जनाउँदै श्रमिक पठाउन अनुरोध गरेपछि नेपालबाट अहिले पनि अघिल्लो वर्षका जान बाँकी रहेका नेपाली युवा गइरहेका छन् ।
विभागले हाल करार सम्झौता गरेर गत वर्षका बाँकी रहेका नेपालीलाई पठाइरहेको जनाएको छ ।

हाल इजरायलमा जिटुजीमार्फत इजरायलमा एक हजार एक सयभन्दा बढी कार्यरत रहेका बेला थप केयरगिभर लैजाने तयारी गरेको हो । नेपाल र इजरायलबिच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

त्यही सम्झौतालाई कार्यान्वयन गर्न २०७७ माघमा दुई देशबिच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

prabhu mahalaxmi
kumari