citizens life insurance long ad
stcnepal long ad

इपिएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सिप बिल्डिङतर्फको दोस्रो चरणको परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सिप बिल्डिङतर्फको दोस्रो चरणको परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका छन् ।

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार असोज १ देखि मङ्सिर ७ सम्म सञ्चालन गरिएको पहिलो चरणको सिप बिल्डिङतर्फको परीक्षामा साढे ३५ हजार सहभागी भएकामा भाषा परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका हुन् । सो परीक्षामा सहभागीको नतिजा आइतबार सार्वजनिक भएको हो ।

उक्त परीक्षाका लागि जम्मा ३२ हजार ५९५ जना परीक्षामा सहभागी भएका थिए । कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट सिप बिल्डिङतर्फको साढे १२ हजार लैजाने यस अगाडि नै घोषणा गरेको थियो ।

सिप बिल्डिङको दोस्रो चरणको परीक्षा मङ्सिर २४ देखि २८ सम्म सञ्चालन गरिने भएको छ । जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन हुने दोस्रो चरणको परीक्षमा पहिलो चरणको भाषा परीक्षामा सहभागीले क्रमबद्ध रूपमा सिप परीक्षण गरिने इपिएस शाखाले जनाएको छ ।

सो शाखाका अनुसार दोस्रो चरणको परीक्षामा सहभागी हुने परीक्षार्थीले भाषा परीक्षा उत्तीर्ण भएको प्रमाणित प्रतिलिपिसहित उपस्थिति हुुनुपर्ने छ ।

IME Life
kumari