citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

शङ्कास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न १४ म्यानपावर निलम्बनमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । शङ्कास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न १४ म्यानपावर निलम्बनमा परेका छन् ।

जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न भएको पाइएपछि १४ वटा इजाजत प्राप्त म्यानपावर कम्पनीहरू निलम्बन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

निलम्बनमा पर्नेमा गुड लाइफ इन्टरनेशलन इप्लोइमेन्ट एजेन्सी प्रा.लि, सत्यावाती ओभरसिज, डिएन इन्टरनेशनल नेपाल ओभरसिज इप्लोइमेन्ट एजेन्सी प्रा.लि, रोयल ओभरसिज नेपाल प्रा.लि, जब्स ग्लोबल कम इप्लोइमेन्ट सर्भिसेज प्रालि, लायन्स इन्टरनेसनल नेपाल प्रालि रहेका छन् ।

यसैगरी भण्डारी ओभरसिज प्रा.लि, वल्ड फेभर ओभरसिज प्रा.लि, नाप इन्टरनेसनल प्रालि, मन्जुश्री ओभरसिज प्रा.लि, एएनएस एसोसियटस् प्रा.लि, क्यापिटल इन्टरनेशनल म्यानपावर प्रा.लि, ग्राण्ड सुइट जब प्रा.लि र ओक्सन इन्टरनेसनल प्रा.लि (अभतार ह्युमन रिसोर्स प्रा.लि) पनि निलम्बनमा परेका छन् ।

यी सबै म्यानपावरहरूले वैदेशिक रोजगारीमा श्रमिक पठाउन सरकारसँग अनुमति लिएका छन् ।

विभागमा केही म्यानपावर कम्पनीहरूले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद  प्रमाणपत्र  पेस गरी  श्रम स्वीकृति लिएर श्रमिकहरू जापान पठाएको उजुरी परेको थियो ।

उजुरीको आधारमा विभागले गरेको प्रारम्भिक अनुसन्धानमा यी १४ म्यानपावरको संलग्नता रहेको देखिएको विभागले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको विभागले जानकारी दिएको छ ।

gold
himalayan life insurance long ad
kumari bank