stcnepal long ad
ime life insurance
global ime bank long

उम्मेदवारको अनुमानित खर्च विवरण ३० गते अगावै पठाउन आयोगको निर्देशन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ– स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार तथा दलले गरेको खर्च अनुमान वैशाख ३० गतेभित्र निर्वाचन आयोगमा पठाउन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

‘स्थानीय तह निर्वाचनमा निर्वाचन प्रचार प्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोगजस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म रुपमा अनुगमन गरी वा गर्न लगाई खर्च विवरण अनुमान गर्न सकिने भएमा सो समेत गरी मतदान हुने दिन अर्थात वैशाख ३० भन्दा अगावै गोप्यरुपमा आयोगमा पठाउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन
अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले तोकेर नेपाल राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ ।

सो बमोजिम हुने, दल वा उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधिले निर्वाचन अवधिमा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा पठाउनुपर्ने आयोगले भनेको छ ।

‘तोकिए बमोजिम राख्नुपर्ने, कुनै दल वा उम्मेदवारले निर्वाचनमा गरेको जम्मा खर्च तोकिएको खर्चको रकमको हदभन्दा बढी हुन नहुने, निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ’ विज्ञप्तिमा भनिएको छ,

‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (२) मा त्यस्तो खर्च सम्बन्धमा आयोगले मान्यता प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराउन सक्ने व्यवस्था रहेको सन्दर्भमा निर्वाचन प्रचार प्रसारको सम्बन्धमा हुने महत्वपूर्ण खर्चको विवरण पहिले नै सङ्कलन गर्दा उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएपछि पेश गर्ने निर्वाचन खर्चको विवरणको वास्तविकता तथा विश्वसनीयता परीक्षण गर्न सहज हुनेछ ।’

सम्बन्धित उम्मेदवारले कानूनबमोजिम बुझाउने निर्वाचन खर्चको विवरण तथा आयोगले खटाएका सूक्ष्म अनुगमनकर्ताले पेश गर्ने प्रतिवेदनसँग समेत भिडाई पठाउन आयोगले भनेको छ ।३० गते अगावै पठाउन आयोगको निर्देशन

prabhu mahalaxmi
kumari