stcnepal long ad
national life

आर्थिक भिजन र एजेण्डा बोकेको राजनीतिक दल गठन हुन आवश्यक छ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि, उर्जा, पर्यटन, हस्तकला र सुचना प्रविधि क्षेत्रको माध्यमबाट नेपालको आर्थिक र भौतिक विकास गर्ने उदेश्यका साथ रामेछापको मुगीटारमा जन्मिएर पोखराका पर्यटन व्यवसाय व्यवसायी दिनेश प्रसाई अध्यक्ष, धरानका विकासविद पियूष कायस्थ महामन्त्री र मोरङ डागीहाटका हवाई उड्डयान व्यवसायी विरेन्द्र बहादुर बस्नेत लगायत सदस्य रहेर हिजो असोज ३० गते निर्वाचन आयोगमा ‘गतिशिल लोकतान्त्रिक पार्टी, दर्ताका लागि निवेदन दिएका छन।

नेपालमा पहिलो पटक नेपाली स्रोत साधनको उपयोग गरि देश विकास र समृद्वि गर्ने उदेश्यकासाथ नेपाली माटो, हावापानी, प्राकृतिक स्रोतसाधन, जनशक्ति सुहाउदो विचार,सिद्वान्त, नीति, कार्यक्रमका साथ नयाँ पार्टी गठन हुनु खुशीको कुरा हो। यो दल खुलेपछि परम्परागत दलहरूमा भुइचालो आएको छ।

नेपालमा आर्थिक एजेन्डा बोकेर दल गठन भएका छैनन। नेपालको आर्थिक विकासका सम्भाव्य क्षेत्र कुन हुन भन्ने समेत नेपाली कांग्रेस,नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा,नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीहरूले पहिचान गर्न सकेका छैनन।

पुराना दलका नेता र सरकारहरू भ्रष्ट र कुशासनमा लिप्त भएकाले नागरिकहरूले सुशासन,विकास र समृद्वि चाहने आर्थिक भिजन भएको दल खोजिरहेका छन।

मैले विगत एक दशकदेखि नेपालको विकास गर्न कृषि, उर्जा, पर्यटन, खानीजन्य, वन जन्य उद्योग,कृषि उद्योग,हस्तकला र सुचना प्रविधिको प्रयोग, विकास र प्रवर्द्वन गरि मुलुकलाई समृद्व र नेपाली नागरिकलाई धनी बनाउन सकिन्छ भन्ने अभियान चलाउदै आएको थिए।

मेरा ती एजेण्डाहरूलाई नै मुख्य नीति, योजना र कार्यक्रम बनाएर एउटा पार्टी गठन हुनु राम्रो कुरा हो। अब देशमा राजनीतिक र आर्थिक रूपमा केही सुधार हुन सक्ने संकेत देखिएको छ।

नेपालका समकालीन राजनीतिक दलहरूले कृषि, उर्जा, पर्यटन, खानीजन्य, वन वन्य, कृषि जन्य उद्योग,हस्तकला र सुचना प्रविधिको क्षेत्रको विकास गरेर ती उत्पादित वस्तु निकासी गरेर,दैनिक उपभोग्य वस्तुको आयात प्रतिस्थापन गरेर स्वदेशी उत्पादन बढाउने र नेपाल र नेपालीलाई धनी बनाउने सोच, विचार, नीति, योजना र कार्यक्रम कहिल्यै ल्याएनन।

खाली आयात बढाएर भन्सारमुखी राजस्व बढाउने र देशलाई सधैभरि परनिर्भर बनाउने सोचले मात्र काम गरे। यस्ता पुराना सोच र चिन्तन नभएका बादरे प्रवृत्तिका दल र तिनका शिर्ष नेताहरूको पतन हुनु पर्दछ।

अब नेपालको राजनीतिमा विकास, समृद्वि, सुशासन कायम गर्ने सोच भएका, राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान दिएका व्याक्तिहरू राजनीतिमा खुलेर आएर देशका प्राकृतिक स्रोतसाधन र युवा जनशक्तिको अति उपयोगगरि देश र नागरिकलाई धनी बनाउन लाग्नु पर्दछ।

पुराना विचार भएका र युगान्तकारी सोच विहिन भ्रष्ट,विदेशी दलाल र चाटुकदार नेताहरूबाट अब देशको नेतृत्व सम्भव छैन। भिजन भएका,सफलता हासिल गरेका व्याक्तिहरू राजनीतिमा आउनु पर्छ। यी क्षमताहिन,भिजनविहिन,भ्रष्ट नेताहरूलाई पाखा लगाउनै पर्छ।

देश विकास र समृद्विका लागि पहिलो कृषिमा आधुनिकीकरण,प्रविधिकरण र यान्त्रिकीकरण गरिनु पर्दछ। ूएक किसान घर, एक हाते ट्रयाक्टरू, एक थ्रेसर मेशिन,एक धान,गहुँ काटने सानो मेशिन,सय बिगाहा जमिन एक ठुलो ट्रयाक्टर, दुई ठुला धान( गहुँ काटने मेशिनको नीतिकासाथ ती यन्त्र उपकरण खरिदमा सरकारले पचास प्रतिशत अनुदानमा उपलब्ध गराउन पर्दछ।

यी सामान आयातमा ५ प्रतिशतमात्र भन्सार महसुल लिने र शतप्रतिशत भ्याट छुट गर्नु पर्दछ। कृषिमा आधुनिक प्रविधिको प्रयोग नगरि व्यवसायिक कृषि उत्पादन बढन सक्दैन,कृषिमा लागत उठाउन सकिँदैन। परम्परागत कृषि पेशाले कृषि उत्पादन बृद्वि हुन सक्दैन।

कृषिमा आकर्षण बढदैन। व्यवसायिक कृषि पेशा हुन सक्दैन। तसर्थ सरकारले कृषि ओैजारमा अनुदान र सहुलियत बढाउन पर्दछ। साथै सबै सम्भाव्य क्षेत्रमा ठुला,मध्यम र साना सिंचाई कार्यक्रम सञ्चालन गर्नुपर्छ। सतह सिंचाई नपुग्ने ठाउँमा भुमिगत स्यालो टयुबेल,लिफ्ट सिंचाई र ड्रिब टयुवेल जडान कार्यक्रम ७० प्रतिशत अनुदानमा सञ्चालन गर्नु पर्दछ।

उन्नत बिउबिजन,माटो परिक्षण र जेटि–जेटिए प्राविधिक सेवा,वडा र पालिका स्तरिय बजार स्थानीय तहले, शीत भण्डार, प्रदेश स्तरिय बजार,साना र मझौला सिंचाई,भूमिगत सिंचाईका सुविधा र ढुवानी अनुदान, विद्युत अनुदान प्रदेश सरकार र रासायनिक मल,ठुला र मझौला सिंचाई,स्यालो,लिफ्ट र ड्रिप सिंचाई कार्यक्रम,क्षेत्र र जिल्ला स्तरिय बजार विकास, निर्यात व्यवस्था र सहजिकरण,ठुला शीत भण्डारको व्यवस्था,कृषकको कृषि उत्पादनको खरिद सुनिश्चितता संघिय सरकारले गर्नु पर्दछ।

हिमाली क्षेत्रमा भेडा,च्याङ्ग्रा पालन,चौरीगाई पालन,जडीबुटी खेती,स्याउखेती,पहाडी क्षेत्रमा फलफुल खेती,पशुपालन,कुखुरापालन,बङगुरपालन, दुग्ध उत्पादन, अलैंची खेती, अदुवाखेती, बेसार खेती, दालहन, तेलहन खेती, तरकारी खेती गरेर उत्पादन बढाउन सकिन्छ।

दोस्रो ‘नेपालको पानी नागरिकको लगानी’को नाराका साथ उर्जा क्षेत्रको विकास गर्न वार्षिक ५ सय खर्ब लगानी नेपाली नागरिकबाटै उठाएर जलाशय र अर्ध जलाशययुक्त जलविद्युत आयोजनाहरू नेपाली पुँजी,नेपाली दक्ष जनशक्तिद्वारा युद्वस्तरमा निर्माण सुरू गर्नु पर्दछ। यसका लागि सरकारले ठुला–ठुला जलविद्युत कम्पनी खडा गरि लगानीका लागि आवह्रान गर्ने हो भने नेपालमा वार्षिक करिव ७० लाख नागरिकले वर्षमा एक(–एक लाख लगानी सहजरूपमा जलविद्युतका क्षेत्रमा गर्न सक्छन। यसरी जलविद्युत क्षेत्रमा वार्षिक ५–७ खर्ब रूपैयाँ रकम लगानी सजिलै जुटाएर आगामी २५ वर्षमा ८० हजार मेगावाट विद्युत उत्पादन गरि भारत,बंगलादेश,श्रीलंका,पाकिस्तान र चीनलाई बिक्री गरेर नेपाल र नेपाली नागरिकलाई एकैसाथ जलविद्युतको मुनाफाबाटै समृद्व र धनी बनाउन सकिन्छ। जलविद्युत क्षेत्रको विकासका लागि नागरिकको ७० प्रतिशत लगानी रहने नीति,ऐन,नियम बनाउनु पर्दछ।

तेस्रो पर्यटनका लागि नेपाल विश्वकै स्वर्ग देश हो। यहाँ जहाँ पुगेपनि रमणिय दृश्यावलोकन र विविध संस्कृति र भेषभूषा पाइन्छ। हिन्दु र बौद्व धर्मका प्रमुख तिर्थस्थल नेपालमा प्रसस्त छन। भगवान गौतम बुद्व जन्मिएको लुम्बिनी,उनको घर कपिलवस्तु तिलौराकोट, मावलीघर देवदह,अस्तु रहेको ठाउँ रामग्राम,स्वयम्भूनाथ,बौद्वनाथ,नमोबुद्व जस्ता पवित्र तिर्थस्थल छन। यी तिर्थस्थलहरूमा बर्सेनि पचास लाख बौद्वमार्गीहरूलाई नेपाल भित्राउन सकिन्छ।

हिन्दु धर्मालम्बीहरूका लागि पशुपतिनाथ, गुहेश्वरी, मुक्तिनाथ, गोसाइकुण्ड, बहाहक्षेत्र, पाथिभरा, जनकपुरधाम, देवधाट, रूरूक्षेत्र,गढीमाई,हलेसी महादेव, कालिन्चोक, पलान्चोक भगवती, दक्षिणकाली जस्ता दर्जनौ ऐतिहासिक र धार्मिक क्षेत्रहरू छन।

प्राकृतिक रूपमा विश्वको शिखर सगरमाथा सहित कञ्चनजंघा,गौरीशंकर,माछापुच्छ्रे,मनास्लु निलगिरीजस्ता ठुला ८ हिमश्रृंखला नेपालमै छन। कयौ दुर्लभ पदयात्रा गर्ने ठाउँ छन। तिनको प्राकृतिक आनन्द र मनोमोहक दृश्यावलोकन गरेर पर्यटकहरूलाई मग्नमुग्ध पार्न सकिन्छ।

काठमाडौं उपत्यकाबाट सिधै सगरमाथा जाने तिनलेनको सडक निर्माण र सगरमाथाको नजिक बाहै महिना र चौबिसै घण्टा सञ्चालन गर्न सकिने विमानस्थल बनाउन सकिएमात्र पनि विश्वका ५ करोड मानिसहरू विश्वको शिखर सगरमाथा हेर्न नेपाल भ्रमणमा आउन सक्छन। सगरमाथा क्षेत्र घुम्ने छन।

त्यो सम्भावना अधिक छ। भारत र चीनका ३ अर्ब जनसंख्याको ५ प्रतिशत मानिसलाई भित्राउन सकिए वर्षमा १० करोड पर्यटक भित्राउनु कुनै ठुलो विषय हुँदैन। एउटै देशमा एकै दिनमा हिमाली,पहाडी र तराई मधेसको हावापानी,मौसम र प्राकृतिक दृश्यावलोकन गरेर मनोरन्जन लिन सकिन्छ। सबै हिमाली जिल्ला प्राकृतिक मनोमोहक दृश्यावलोकनका लागि अति सुन्दर छन।

१२५ जातजातिका संस्कृति,भेषभूषा र रहनसहनले हामी सांस्कृतिक रूपमा पनि निकै धनी छौ। हाम्रा पर्व,जात्राका आफ्नै विशेषता छन।

यी सबै क्षेत्रलाई समेटेर पर्यटन क्षेत्रको विकास गर्न सकिए नेपालले पर्यटन क्षेत्रबाटै समृद्वि हासिल गर्न सक्छ। एक तिहाइ जनसंख्यालाई पर्यटनबाटै रोजगारी सिर्जना गर्न सकिन्छ। पर्यटन विकाससँगै कृषि उत्पादन र स्वदेशी वस्तुको खपत र माग बढन जानेछ। यसले कृषि क्षेत्रमा पनि रोजगारी बढाउने छ। केवलकारको विकास गरेर पर्यटकीय क्षेत्र घुम्न सहज बनाउन सकिन्छ।

चौथो हाम्रो चुनढुंगाबाट सिमेन्ट उद्योग,तामा खानीबाट उद्योग,फलामखानीबाट उद्योग,ग्यास खानी उद्योग,अभ्रख खानीबाट उद्योग,रोडाढुंगा–बालुवा उद्योग, वनबाट काठ–फर्निचर र प्लाइ उद्योगको विकास गर्न सकिन्छ। त्यस्तै कृषि सम्बन्धि धान–चामल उद्योग,मैदा उद्योग, दाना उद्योग, चाउचाउ, विस्कुट, पाउरोटी, कन्फेक्सनरी उद्योग,दाल उद्योग, तेल उद्योग, चिनी उद्योग,जुस उद्योग,कागज उद्योग विकास,मासु उद्योग स्थापना गर्न सकिने प्रचुर सम्भावना छ।

हिमालमा जडिबुटी उद्योग, पहाडमा मासु उद्योग, जुस उद्योग, दालहन उद्योग,नेपाली कला संस्कृति झल्किने हस्तकलाको उद्योग विकास गरि विदेशमा निकासी गरि राम्रो विदेशी मुद्रा आर्जन गर्ने सम्भावना छ।

यस्तै सुचना प्रविधिमा पनि नयाँनयाँ सफ्टवेयर निर्माण गरि निकासी गरेर विदेशी मुद्रा कमाउन सकिन्छ। यसैगरि दक्ष जनशक्ति उत्पादन गरि वैदेशिक रोजगारीमा पठाएर राम्रो रेमिट्यान्स भित्राउन सकिने सम्भावना भएकाले आर्थिक भिजन भएकाहरू राजनीतिक नेतृत्वमा आउन आवश्यक छ।

gold
kumari bank
kumari
nawakantipur long