एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर घटाए
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असोज महिनाको तुलनामा कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर घटाएको छ।
बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपमा तीन महिनादेखि माथि र छ महिनाभन्दा मुनिको अवधिको लागि २.७५ प्रतिशत, छ महिनादेखि माथि १२ महीनाभन्दा मुनिका लागि ३ प्रतिशत, १२ महिनाका लागि ३.३० प्रतिशत, १२ देखि २४ महिनाका लागि ३.५० प्रतिशत, २४ देखिमाथि ६० महीनाभन्दा मुनिका लागि ४ प्रतिशत र ६० महिनादेखि माथिका लागि ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
संस्थागत तर्फ भने छ महिनादेखि ३६ महिनासम्मका लाग २.७५ प्रतिशत, ३६ महिनादेखि माथि ६० महिनाभन्दा मुनिका लागि ३ प्रतिशत र ६० महिनादेखि माथिको अवधिका लाग ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले साथि बचत खातामा ३.२५ प्रतिशत र अन्य बचत खातामा २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपमा अधिकतम ६ प्रतिशत र संस्थागत निक्षेपमा अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको थियो। बचत खातामा भने समान २.७५ प्रतिशत ब्याजदर तोकेको थियो।


























