sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा शिक्षण विधि तालिम सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा शिक्षण विधि तालिम सोमबार सम्पन्न भएको छ । कलेजका शिक्षकशिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ तालिम गरिएको जनाइएको छ ।

शिक्षक विकास  कार्यशाला नाम दिएको कार्यक्रममा श्रोत व्यक्तिका रुपमा डा. उमेश श्रेष्ठ रहेका थिए । कार्यक्रम अन्तरक्रियात्मक रुपमा चलेको थियो ।

विषयवस्तुमाथिको प्रस्तुति सैद्धान्तिक भन्दा व्यवहारिकमा जोड दिइएकोले कार्यक्रममा सवैजनाको उत्साहजनक सहभागिता रहेको थियो । त्यही कारण कार्यक्रम प्रभावकारी र उपयोगीसमेत रहेको कलेजले जनाएको छ । तालिममा कलेजका दुई दर्जन भन्दा वढी शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

कलेजले दिंदै आएको विशिष्टकृत शिक्षणलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ शिक्षक–शिक्षिकाहरुलाई तालिम दिइएको कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले बताए । उनले तालिमबाट आगामी दिनमा कलेजमा अध्ययनतर विद्यार्थीको उत्कृष्ट नजिता निस्कने विश्वास व्यक्त गरे ।

एभरेष्ट इन्जिनियरिङ कलेज इन्जिनियरिङ पढाई हुने देशकै एउटा उत्कृष्ट शैक्षिक संस्था हो । विगत २४ वर्षदेखि उत्कृष्ट पढाईका साथ यो कलेज सञ्चालन भइरहेको छ । यहाँं इन्जिनियरिङका विभिन्न विषयहरुमा स्नातकोतर तहसम्मको पढाई भइरहेका छन् ।

prabhu bank
nawakantipur long