stcnepal long ad
global ime bank long

अर्थतन्त्रको आन्तरिक स्वास्थ्य अवस्था चिन्ताजनक: अध्यक्ष गोल्छा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बाह्य क्षेत्रमा केही सुधार देखिए पनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक रहेको बताउनुभएको छ ।

मुलुकको विद्यमान आर्थिक अवस्था सम्बन्धमा मंगलबार स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुसँग महासंघले गरेको छलफलमा अध्यक्ष गोल्छाले यस्तो दुखेसो पोख्नुभएको हो । सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीतिकाबीच तादात्म्यता नहुनु नै आर्थिक संकटको मुख्य कारण भएको उहाँको निचोड छ।

महासंघका महानिर्देशक गोकर्णराज अवस्थीको संयोजनमा आयोजित कार्यक्रममा रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले दशकौंदेखि योजनागत विकासको अभ्यास गर्दै आएपनि आजको दिनसम्म देश पिछडिएकै राष्ट्रमा दरिनु पर्ने बाध्यता दुर्भाग्य भएको बताउनुभयो । उहाँले गहन छलफल र समाधान खोज्न निजी क्षेत्रको छाता संस्थामा आएको प्रष्ट पार्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन अपरिहार्य रहेको बताउनुभयो । मुलुक बनाउने कुरामा आफ्ना स्वार्थलाई छोडेर निर्णय गर्न सक्ने परिपाटी दलहरुमा बसाल्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।

IME Lifesidebar
kumari